सडक डिभिजन कार्यालयलाई ११ दिने अल्टिमेटम सहित ध्यानाकर्षण पत्र

महेन्द्रनगर । कञ्चनपुरमा रहेको सडक डिभिजन कार्यालयलाई ११ दिने अल्टिमेटम सहित ध्यानाकर्षण पत्र बुझाएको छ । बैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको साहयक संगठन क्रान्तिकारी युवा संगठन नेपाल कञ्चनपुरले जिल्लामा रहेका बिभिन्न योजनाको ठेक्का लिएर निर्माण कार्यलाई अलपत्र छोड्ने, यो चरम अराजकताका विरुद्ध सचेत युवाहरुले पहिलो चरणमा अल्टिमेटम सहित ध्यानाकर्षण पत्र बुझाएको क्रान्तिकारी युवा संगठन नेपाल कञ्चनपुरका जिल्ला संयोजक भुवन भट्टले जानकारी दिएका छन् ।

रघुविर साउँदले ठेक्का लिईसकेपछि निर्माण कार्य अलपत्र पारेको र हाम्रो राष्ट्र यतिबेला राष्ट्रियता , जनजिविका महँगी , भ्रष्टाचार कुशासन ,बेथितिको चरम चपेटामा रहेको उनले बताए । संसदवादी दलहरु आफ्ना स्वार्थपुर्ती गर्न राष्ट्रहित र जनताका अत्यावश्यक आवश्यकतामा समेत लात बजारिरहेको र यो चरम अराजकताका विरुद्ध सचेत युवाहरुले संघर्ष गर्नु अनिवार्य रहेको उनको भनाई रहेको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, यसै शिलशिलामा जिल्ला को वेदकोट नगरपालिका अन्तर्गत चम्फापुर नजिक कल्भ्ट्र निर्माण ,भिनपा ०३ र०४ को बिचमा रहेको सडकमा कल्भट्र निर्माण, भिनपा ०६ सिव मन्दिर देखि अगाडि सडक खण्ड कालोपत्रे काम गर्ने गरी सडक डिभिजन कार्यालय कञ्चनपुर महेन्द्रनगर मार्फत समामुहिक तरिकाबाट मालिका निर्माण सेवा का सञ्चालक रघुविर साउँद,(कञ्चनपुर) मैनाचुलि निर्माण सेवा का सञ्चालक पदम अधिकारी (झापा) र एम बि ए निर्माण सेवा का सञ्चालक मनोज अधिकारी (झापा) बिच २०७८ कार्तिक ०१ गते सम्झौता भएको थियो ।

२०७९ बैसाख ३१ गते काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर त्यो तोकेको समयमा कार्य सम्पन्न गर्न नसकेपछि पुन २०८० असार ३० गते सम्पन्न गर्ने गरी सम्झौता भएको तर हाल सम्म केहि अ. १० % कार्य मात्रै अगाडि बढेको तर बाकि कार्य अलपत्र हुदा सडक मा जनताहरुले कष्टकर जिवन विताउन बाध्य हुनुपर्ने र दुर्घटना हुने गरेको । २. मालिका निर्माण सेवा का सञ्चालक रघुविर साँउद सहित (कञ्चनपुर ) धुलिखेल निर्माण सेवा का सञ्चालक टंक प्रसाद चौलागाई ( काठमाडौं ) र सुपिरीयर निर्माण सेवा का सञ्चालक उद्वव कार्की (काठमाडौँ ) ले सडक डिभिजन कार्यालय कञ्चनपुर महेन्द्रनगर मार्फत

मिति २०७९ असार २ गते सम्झौता भएको भिनपा १९ मा अन्दाजि १० देखि १२ हजार घनमिटर तारजालि लगाई तटबन्ध निर्माण गर्नुपर्न भिनपा को ०३ नम्वर वडा देखि भिनपा को ०९ मटैना सम्म जैविक मार्ग सडक खण्ड निर्माण कार्य पनि अलपत्र परेको हुदा सडक मा हिडडुल गर्न समेत निकै कठिनाइ भोग्न बाध्य भएका छन । उक्त बिषय प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।

उक्त निर्माण कार्य दिन ११ भित्र कार्य अगाडि नबढाएको पाईएमा सडक डिभिजन कार्यलय महेन्द्रनगर र उक्त निर्माण कम्पनि का विरुद हाम्रो संगठन निर्माण कार्य अगाडि बढाउन जस्तोसुकै संघर्ष गर्न बाध्य हुने कुरा यसै ध्यानाकर्षण पत्र मार्फत जानकारी गराउँद छ ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.