कञ्चनपुरमा बरामद गरिएको बदेलको मासु नष्ट

महेन्द्रनगर । कञ्चनपुरमा सव डिजिन वन कार्यालयवनको टोलीले पक्राउ गरेको बँदेलको मासु नष्ट गरिएको छ । लालझाडी गाँउपालिका ३ का नत्थु रानाबाट बरामद गरेको बदेलको मासु नष्ट गरिएको खाडलमा गाडिएको हो ।

लालझाडी सव डिजिन वन कार्यालयको टोलीले ३१ साउनमा रानाको साथबाट झण्डै २ किलो बदेलको मासु सहित पक्राउ गरेको थियो । उक्त बदेलको मासुको नमुनालाई वनले राष्ट्रिय विधी विज्ञान प्रयोगशाला खुमलटारमा परीक्षणका लागि पठाईएको थियो ।

लालझाडी सव डिजिन वन कार्यालय लालझाडीका प्रमुख हरि नारायण यादवले परीक्षणका लागि पठाएको बदेलको मासुको नमुना बदेलकै पुष्टी भएर आएको बताए । बुधबार डिभिजन वन कार्यालय कञ्चनपुरको सुरक्षा शाखा प्रमुख जमदार अर्जुन थापा, लालझाडी सव डिजिन वन कार्यालय लालझाडीका प्रमुख हरि नारायण यादव, प्रहरी, जनप्रतिनिधी पत्रकार सहितको उपस्थितिमा नष्ट गरिएको छ ।

सम्बन्धित

Comments are closed.