रुख काटेको आरोपमा पक्राउ परेका वडाध्यक्ष चौधरी रिहा

महेन्द्रनगर । रुख काटेको आरोप लागेका बेलौरीका नगरपालिका ६ का वडाध्यक्ष भोजराज चौधरी हिरा भएका छन । बेलौरी छोटी भन्सार कार्यालय परिषर भित्र रहेको झाँडी सफाईका क्रममा रुख काटेको आरोपमा आइतबार पक्राउ परेका वडाध्यक्ष चौधरी बुधबार रिहा भएका हुन । पक्राउ परेका वडाध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कँडेलले सरकारी वकिल कार्यालयको राय अनुरुप वडाध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरेको बताए । वडाध्यक्ष रिहा भएपनि मुद्दा भने जारी रहेको वनले जनाएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख कँडेलले अनुमती बिनै रुख कटानी गरेपछि वडाध्यक्ष चौधरीलाई आईतवार पक्राउ गरिएको बताए। संघीय सरकार मातहत रहेको बेलौरी छोटी भन्सार संचालनका लागि १३ साउनमा वडाकै अगुवाईमा झाँडी सफाई गरिएको थियो ।

झाँडी सफाईका क्रममा सरकारी कार्यालय परिषसर भित्र रहेका रुख कटानी गरिएको भन्दै वडाध्यक्ष चौधरी सहित बिरुद्धमा उजुरी गरेपछि वनले वडाध्यक्ष चौधरीलाई बयानका लागि भनेर बोलाएर नियन्त्रणमा लिएको थियो । भन्सार क्षेत्रबाट कार्टिएको रुख र दाउरा वनले नियन्त्रणमा लिएको थियो । सव डिभिजनवन कार्यालय कुण्डाका प्रमुख दिनेश कुमार यादवले गोलिया ११९क्युफिट र २ चट्ठा दाउरा वनले नियन्त्रण गरेर राखेको बताए ।कैलाली भन्सार कार्यालय मातहत रहेको बेलौरी छोटी भन्सार कार्यालय परिषरमा रहेका रुख काटेपछि भन्सार समेत रुष्ट भएको छ ।

भन्सारले वनलाई रुख कटानी गर्नेमाथि कार्बाहीको माग अघि सारेर पत्राचार गरेको थियो ।कैलाली भन्सार कार्यालयका सुचना अधिकारी पवित्र कुमार खडकाले अनुमती बिनै रुख कसैले पनि काट्न नपाउने बताएका थिए । ३० बैशाख ०७९ मा सम्पन्न भएको दोस्रो स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित चौधरी स्थानीय एमाले नेता हुन । वडाध्यक्ष चौधरी सहित झाँडी सफाईकर्मीको उदेश्य क्षेत्रकै विकास भएपनि प्रकृया नमिलेपछि पक्राउ गरिएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.