दशरथचन्द नगरपालिकामा बिहीबार आज सार्वजनिक बिदा

महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिकाले बिहिवार आज सार्वजनिक बिदा दिएको छ । अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि सार्वजनिक बिदा दिएको हो।

सोही नगरपालिकाको देहिमाडौँमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

सो नगरपालिकामा लाग्ने मेलामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थी आउने गर्छन्। निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ।

 

सम्बन्धित

Comments are closed.