महेन्द्रनगर । कञ्चनपुरमा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ। कञ्चनपुरमा काम गर्दै आएका बैतडीको मेलौली नगरपालिका १ का ४१ वर्षीय लक्ष्मण दयालको मृत्यु भएको प्रहरीले जनाएको छ । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–५ स्थित देवता निर्माण एण्ड सप्लायर्स कम्पनीमा काम गर्दै आएका दयालको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताइएको छ ।
बुधवार दिउँसो सो कम्पनी नजिकै रहेको मलरिया खोलाको पानीमा करेण्ट लगाएर माछा मार्ने क्रममा दयाल घाइते भएका थिए । उनको दोधारा–चाँदनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उता, करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडीकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ बांगाबगरकी ४३ बर्षीया कलावती नाथको उपचारका क्रममा काठमाडौंको वर्न हस्पिटल किर्तिपुरमा बुधबार मृत्यु भएको हो । गएको भदौ १८ गते करेन्ट लागेर गम्भीर घाइती भएकी कलावतीको लाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगञ्ज लगिएको थियो ।
नेपालगञ्जमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि वर्न हस्पिटल किर्तिपुर लगिएको थियो ।