कञ्चनपुरमा लोपोन्मुख जात उराव समाजको वार्षिक करम पूजा पर्व सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीमा रहेको लोपोन्मुख जात उराव झागड समाजको वार्षिक करम पूजा पर्व सम्पन्न भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीमा एक कार्यक्रमको आयोजना गर्दै शुक्रवार र शनिवार २ दिन गरी वार्षिक करम पूजा सम्पन्न गरिएको हो ।

हाम्रो संस्कृति,हाम्रो पहिचान, संस्कृति जोगाउन हाम्रो अभियान भन्ने मुल नाराको साथमा वासर्षक करम पूजा सम्पन्न भएको आयोजक नेपाल उराव झागड समाजका अध्यक्ष एवम कार्यक्रमका सभाध्यक्ष अनिल उरावले जानकारी दिए । हाम्रो जातीलाई सरकारले लोपोन्मुख जातिको रुपमा सूचिकृत गरेको भएपनि आफुहरुले पाउनु पर्ने सेवासुविधाहरु केही पनि नपाएको उनले बताए ।

अहिले आफुहरुलाई पूजा गर्नका लागी मन्दिरको आवस्यक्ता रहेको बताउँदै स्थानिय सरकारले यस्को व्यवस्थापनमा ध्यान दिन उनले आग्रह गरे, समापन कार्यक्रममा बोल्दै उनले अहिले आफना बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्य लगायतको सुविधा सरकारले दिनु पर्ने र आफनो मौलिक परम्परा संस्कृतीलाई जेगर्ना गर्नका लागी स्थानिय सरकारले बजेट विनियोजन गरिदिन उनले माग राखे, उराव जातको आफनै मुल्य मान्यता रहनसहन रितिरिवाज रहेको हुँदा यसको संरक्षण जेगर्ना

गर्न सरकारको पनि दायित्व रहेको हुँदा यस्तो लोपोन्मुख जातको बिभन्न पक्षबाट संरक्षण सिप मुलक तालिम प्रदान गर्न उनले स्थानिय सरकारसंग आग्रह गरे, अहिले सरकारले अन्य लोपोन्मुख जातलाई संरक्षण गर्नका लागी मासिक सामाजिक सुरक्षा भत्ता दिने गरेको भएपनि आफनो जातीलाइ सरकारले कुनै पनि व्यवस्था नगरेको उनले बताए । अहिलेको यो दुई दिने कार्यक्रमको आयोजना पनि आफनै समाजले पैसा उठाएर गरेको यसको खर्च लगभग २ लाख ५० हजार रुपैँया खर्च भएको उनले बताए ।

आगामी दिनमा स्थानिय सरकार प्रदेश सरकार संघिय सरकारले पनि बजेटको व्यवस्था गरिदियो भने आफनो मौलिकपन बोकेको यो समाज लोप हुनबाट बच्न सक्ने उनले बताए । यस्तै कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सभा सदस्य बेलबहादुर राना मगरले आफु यो कार्यक्रमको हिस्सा हुन पाउँदा खुसी भएको बताए । कञ्चनपुर जिल्ला संस्कृतिको धनी भएको महसुस गरेको बताए ।

बिभिन्न क्षेत्रका जनजाती आदिवासीहरु यो जिल्लामा बसोबास गरिरहेको अवस्थामा यो उराव जातीको उत्थान विकास संरक्षणका लागी आफु गर्ने साथ र सहयोगका लागी आफुले काम गर्ने बताए । आफु पनि आदिवासी जनजातीको छोरा भएको र आफुलाई आफनो रहनसहन संस्कृती मुल्य मान्यताको विषयमा जानकारी भएको र यसलाई संरक्षण गर्न जेगर्ना गर्न आफु तैयार रहेको बताए ।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथी एवम भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले उराव जाती समुदायको हक हितका साथै उनिहरुलाई सिप मुलक कार्यक्रम प्रदान गर्ने उनिहरुलाई भीमदत्त नगरपालिकाले आर्थिक रुपमा शसक्त बनाउने कार्य गरेको बताए । लोपोन्मुख जातिको धर्म, संस्कृतिलाई संरक्षण गर्दै विश्वमाझ आफ्नो मौलिक प्रस्तुति देखाउन सके पर्यटनलाई आकर्षित गर्दै आयआर्जन समेत हुने बताए ।

यस्तै बिशिष्ट अतिथी एवम नगर उपप्रमुख निलम लेखक जोशीले लोपोन्मुख झागड समुदायको संस्कृति, परम्पराको संरक्षण गर्दै नेतृत्व तथा क्षमता विकासका लागि आर्थिक, सामाजिक र राजनैतिक सशक्तिकरणको आवश्यकता रहेको बताईन् । साथै उराव जातीका महिलाहरुको समग्र विकासका लागी पालिकाले सिप मुलक तालिम प्रदान गरी उनिहरुको आर्थिक उन्नतीमा साथ दिएको बताईन् ।

सम्बन्धित

Comments are closed.