वेदकोट नगरपालिकाबाट ज्येष्ठ नागरिकले पाए निशुल्क स्वास्थ्य चेकजाँच

महेन्द्रनगर । ३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस कञ्चनपुरमा बिभिन्न कार्यक्रम गरी मनाईएको छ । वेदकोट नगरपालिकाले उक्त दिवसको अवसरमा नाक, कान, घाँटी सम्बन्धी स्वस्थ्य शिविरको आयोजना गरेको थियो । सबै पुस्ताका लागी जेष्ठ नागरिकको मानव अधिकार बारे बिस्वव्यापी घोषणा गरिएका बाचाहरु पुरा गरौ भन्दै सुडा स्वास्थ्य चौकी र दैजी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविरको आयोजना गरिएको वेदकोट नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख राधिका पन्तले जानकारी दिईन् ।

महाकाली प्रादेशिक अस्पतालका चिकित्सक निधी पाठक र रोहित भट्टले जेष्ठ नागरिकहरुलाई चेकजाँच गरी समस्या देखिएका बिरामीहरुलाई औषधी वितरण गरिएको उनले बताईन् । साथै छुटेका अन्य जेष्ठ नागरिकहरुलाई आगामी दिनहरुमा पनि शिविरको आयोजना गरि उहाँहरुको स्वास्थ्य परिक्षण गरिने उनले जानकारी दिईन । यो शिविरबाट २ सय ५० बढी जेष्ठ नागरिकहरुले स्वास्थ्य सेवा पाएको महिला तथा बालबालिका शाखा प्रमुख राधिका पन्तले जानकारी दिईन् ।

यो स्वास्थ्य सेवाको आयोजनाबाट आफुले स्वास्थ्य सेवा पाएको प्रति जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका छन, भने वेदकोट नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका छन् । सुडा स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरका प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले जेष्ठ नागरिकहरुलाई सम्मानको साथै उहाँहरुको पहिलो प्राथमिक्ता भनेको स्वस्थ जिवन जिउने धारणा अनुरुप आफुले यो स्वास्थ्य शिविरको आयोजना गरिएको बताईन् ।

जेष्ठ नागरिकहरुलाई रोगले पनि बढी च्याप्ने, स्वास्थ्यमा पनि समस्या बढदै जाने भएकाले आजको यो ३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा उहाँहरुलाई स्वास्थ्य उपचार दिने उदेस्यले शिविरको आयोजना गरिएको नगर उपप्रमुख जोशीको भनाई रहेको थियो । नाक कान घाँटीको चिकित्सको अभाव रहेको बेलामा महाकाली प्रादेशिक अस्पताललाई बिशेष अनुरोधमा शिविरमा आमन्त्रण गरि आफना जेष्ठ नागरिक आमा बुवाहरुको स्वास्थ्य उपचारमा पालिकाले निशुल्क रुपमा औषधी वितरण र स्वास्थ्य चेकजाँच गरिएको उनले बताईन् ।

दैजी स्वास्थ्य चौकीमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी एवम नगर प्रमुख भोजराज बोहराले जेष्ठ नागरिकहरुको क्षेत्रमा काम गर्न उप्रमुखको जिम्मा भएको र उनिहरुको स्वास्थ्य उपचार, वा पालिकाबाट प्रदान गरिने अन्य सेवा सुविधामा हरदम साथ दिएर अन्य बिभिन्न कार्यक्रममा पनि सहभागी गराउने प्रतिवद्धता जाहेर गरे, उक्त कार्यक्रममा वडा अध्यक्षहरु, स्वास्थ्यकर्मी, स्वयमसेविका, स्थानिय बासिन्दा पत्रकारहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.