भीमदत्त नगरपालिकाका दुई वडा अध्यक्ष सम्मानित

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जना वडा अध्यक्ष सम्मानित भएका छन् । ३३ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा भीमदत्त नगरपालिकाका दुई वडा अध्यक्ष सम्मानित भएका हुन् । भीमदत्त नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष आसेफ कुँवर ‘भुन्टु’ र १३ का वडाध्यक्ष राम बहादुर बोहरा ‘झक्कास’सम्मानित भएका हुन्।

३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अबसरमा राष्ट्रिय जेष्ठ नागरिक समाज कन्चनपुरले सम्मानित गरेको हो। राष्ट्रिय ज्येष्ठ नागरिक समाज कञ्चनपुरले आयोजना गरेको उक्त कार्यक्रममा भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर ‘भुन्टु’ र भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष राम बहादुर बोहरा ‘झक्कास’लाई सम्मानित गरेको जेष्ठ नागरिक समाजका केन्द्रीय उपाध्यक्ष गंगा राम गिरीले जानकारी दिए।

दुवै वडा अध्यक्षलाई जेष्ठ नागरिकको क्षेत्रमा कार्य गरेको भन्दै सम्मान गरिएको उनले बताए । वडाध्यक्ष कुँवरले निर्वाचित भएपछि आफुले पाउने पारिश्रमिक भीमदत्त नगरपालिका वडा नम्बर १ का ज्येष्ठ नागरिकहरूलाई वितरण गर्दै आएका छन्। त्यसैगरी वडाध्यक्ष बोहराले वडा नम्बर १३ मा नमूना बस्ती निर्माण गर्नुका साथै सामाजिक कार्य गर्दै आएका छन्।

कार्यक्रमको अध्यक्षतामा जेष्ठ नागरिक समाजका अध्यक्ष धन बहादुर खडायत प्रमुख अतिथिमा जिल्ला समन्वय समिति प्रमुख दुर्गा बोहरा, विशिष्ट अतिथीमा जेष्ठ नागरिक समाजका केन्द्रीय उपाध्यक्ष गंगा राम गिरी, भीमदत्त नगरपालिका नगर उप प्रमुख निलम जोशी लेखक, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हर्ष बहादुर चन्द, पेशागत महासंघका केन्द्रीय सदस्य डाक्टर कविन्द्र बहादुर चन्द, राष्ट्रिय जेष्ठ नागरिक समाज कन्चनपुरका निवर्तमान अध्यक्ष होम बहादुर कुँवर रहेका थिए, भने कार्यक्रम संचालन अम्बा दत्त तिवारीले गरेका थिए ।

सम्बन्धित

Comments are closed.