कञ्चनपुरको कलुवापुर बजारमा ढल निकास नहुँदा स्थानियहरुले सास्ती खेप्दै

असोजको महिनामा पनि कोठाभरी पानी

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर बजारमा ढल निकास नहुँदा स्थानियहरुले सास्ती खेप्नु परेको छ । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको कलुवापुर बजार थोरै बर्खामा पनि डुबानमा पर्ने गरेको छ । ढलको उचित व्यवस्थापन नहुँदा पानी निस्कन नपाएपछि कलुवापुर बजारसंगै घरहरु डुवानमा पर्दै आएको छ । अहिले असोजको महिना बर्षात सकिएको भएपनि कतिपयको घर भित्र अहिले पनि पानी जम्मा भएको छ ।

बजारको उत्तरपट्टी रहेको कलुवापुर बजारसंगै जोडिएको सरस्वती माध्यमिक विद्यालय वरपर पर्खालमा समेत पानी जम्मा भएपछि बिद्यार्थीहरुले बाटो प्रयोग गर्न पाएका छैनन् । नजिकै रहेको कतिपय स्थानियहरुको घरमा अहिले पनि पानी जम्मा भएको छ । बजार क्षेत्रको एकमात्रै सार्वजनिक शौचालयमा कम्मरभन्दा माथि पानी रहेको छ । बजार क्षेत्रमा आउने यात्रु र उपभोक्ताले शौचालय प्रयोग गर्न नपाउँदा नजिकैको वन क्षेत्रमा जानु पर्ने बाध्यता छ । बजार क्षेत्र नजिकका खोका छाप्रामा पानी भएपछि व्यापारीको सामानसमेत बिग्रिएको छ ।

स्थानिय समाजसेवी एवम सरस्वती माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक प्रकाश ऐरले अहिले पनि विद्यालय जाने बाटोमा पानी जम्मा भएको र बिद्यार्थीहरु लगायत स्थानियले योबाटो प्रयोग गर्न नपाँउदा सास्ती खेप्नु परेको उनले बताए । २०२४ सालदेखी पुरानो बाटो रहेको र यो असारको महिनादेखी पुरै सडक बजार डुवान भएको बताए । उचित ढल निकास नबनाई दिँदा अहिले यो असोजको महिना पनि कलुवापुर बजार डुवानमा रहेको उनले बताए । पहिला यस्तो समस्या नभएको यो असारदेखी सडक बनाउँदा होमपाईप नहालेर काम गरिदिँदा समस्या भएको उनले बताए ।

सडक बनाउँदा ढलको उचित व्यवस्थापन हुनुपर्ने भएपनि काम नभएको स्थानियहरुले आरोप लगाएका छन् । विगतमा यस्तो डुवान नभएको यो वर्षातमा सडक निर्माण गर्दा बिच सडकमा होम पाईप हालेर काम गरिदिएको भयो समस्या नआउने उनले बताए । स्थानिय जनप्रतिनिधीहरु, प्रमुख जिल्ला अधिकारी, लगायत सबैलाई हारगुहार गरेपनि यो डुवानको समस्याको समाधान नआएको बताए ।

स्थानिय सुृरेश ऐरले सडक निर्माण गर्दा पूर्वाधार विकास कार्यालयले होम पाईप हालेर कार्य गरिदिएको भए अहिले यो समस्या नहुने बताए । बिच सडकमा अहिले ठुलो खाडल खनेर त्यत्तिकै छोडेर दुर्घटनाको जोखिम र डुवानको जोखिम बढेको बताए । १ हप्ता मा हामी होम पाईप हालेर काम गछौ भनेर गएको टोली पछि फर्किएर नआएको उनले बताए ।

बजार पछाडीबाट आउने पानीको निकास केही महिना अगाडी बजारको पूर्व पट्टि खनेर पानी जाने नाला बनाएपनि स्थानियहरुले आफनो खेतमा पानी गएको भन्दै बन्द गरिदिएपछि फेरी बजारमा पानीले डुबान गरेको हो । यो असोजको महिनामा पनि असारदेखीको पानी भित्रै रहेको स्थानिय निर्मला विष्टले बताईन् । बजारमा उचित ढल निकासको व्यवस्था नबनाईदिँदा समस्या भएको उनले बताईन् ।

आफनो सानो होटल नास्ता पसल रहेको र गुजारा पनि त्यसैबाट भएको थियो तर डुवानले सबै वर्वाद भएको उनले दुखेसो गरिन । यता,शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले सडक डिजायनको ईस्मिेट नै गलत भएको बताए । सडक निर्माण गर्दा दोहोरो नाली निर्माण गरेर मात्रै सडक निर्माण हुनुपर्ने भएपनि पूर्वाधार विकास कार्यालयले त्यस्तो नगरेको बताए । स्थानियहरुको आग्रहमा एकक्षेत्रबाट पानी निकास गरिएको भएपनि तत्कालको लागी पानी निकास गरिएको बताए ।

सडक निर्माण कम्पनीको जेसिबीले नै सडकमा खाडल बनाएर होम पाईप हाल्ने भन्ने सहमती भएको भइपनि काम नभएपछि डुवान भएको उनले बताए । यता पूर्वाधार विकास कार्यालयका प्रमुख ईन्जिनियर धिरेन्द्र भट्टले पुरानो ढल निकासको कल्भर्ट नराखीए पछि डुवान भएको बताए ।

उक्त क्षेत्रमा जग्गा प्राप्तीमा समस्या भएपछि कल्भर्ट नराखिएको र जग्गा प्राप्ती भयो भने, आफुहरुले तुरुन्तै काम गर्ने बताए । स्थानिय सरकारले जग्गा प्राप्तीको प्रक्रियाको थालनी भयो भने आफुहरुले काम गर्ने उनले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.