भीनपा १६ का सुमित विष्टले १९ वर्षमा गरे यस्तो कमाल

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १६ का हुन सुमित विष्ट, उमेरले १९ वर्षमा पुगेका उनले सानै उमेरमा अन्तराष्ट्रिय स्तरका तेक्वान्दो प्रतियोगिता खेलेका छन् । क्रिकेट, भलिबल, बास्केटबल, भारत्तोलनमा पनि उनले प्रमाणपत्र पाएका छन् । तर अहिले आफनो भविस्य भने तेक्वान्दोमा बनाई रहेका छन् ।

भारतको नैनीतालमा कक्षा १२ मा अध्ययन गरिरहेका विष्टले उतै तेक्वान्दोको प्रशिक्षण गरी भारतमा पनि बिभिन्न तेक्वान्दो च्याम्पियनसिपमा भाग लिएका छन् । नेपालमा भएका बिभिन्न तेक्वान्दो प्रतियागितामा आफुले हरेक खेलमा प्रथम स्थान हासिल गर्ने गरेको उनले बताए । २०७९ सालको नवौ राष्ट्रिय खेलकुदमा प्रथम भई स्वर्ण पदक हासिल गरेको उनले बताए ।

एसियन खेलमा पहिलो छनौट खेलमा प्रथम भएर स्वर्ण पदक पाएपनि स्वास्थ्यमा समस्या भएपछि अगाढीको खेल खेल्न नपाएको उनले बताए । उनले अन्तराष्ट्रिय खेलमा अजरबैजान,पाकिस्तान, भारतमा पनि उनले तेक्वान्दो खेलेर मेडल प्रमाणपत्र ट्रफी हात पारेका छन् । भारतमा बिद्यालयको तर्फबाट प्रतिनिधित्व गरी बिभिन्न खेलमा उनले प्रथम स्थान हासिल गरेका छन् ।

प्रथम मुख्यमन्त्री सुदूपश्चिम प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता २०७८ मा पनि प्रथम स्थान हासिल गरेर स्वर्ण पदक लिएको उनले बताए । पावर खेल तेक्वान्दो अल स्पोर्टस फाउन्डेसनले आयोजना गरेको खेलमा तेक्वान्दोबाट उनले प्रथम स्थान हासिल गरी नगद ५० हजार पाएको र उक्त रकम पाउँन बाँकी रहेको बताए । बिभिन्न खेलमा २९ भन्दा बढी मेडल ट्रफी, ६० भन्दा बढी प्रमाणपत्रहरु हात पारेका छन् ।

खेलकुदमा घरपरिवारले आफनै खर्चमा सबै प्रतियोगितामा पठाउने गरेको र स्थानिय सरकार प्रदेश सरकारबाट कुनै पनि किसिमको सहयोग नपाएको बताए । अजरबैजानमा खेल्न जाँदा ३ लाख रुपैँया जिल्लका बिभिन्न खेलकुद प्रेमी, र परराष्ट्र मन्त्री एनपी सावदले सहयोग गरेको बताए ।

तेक्वान्दोमा फेरी अन्तराष्ट्रिय स्तरमा खेल खेलेर देशको नाम उच्च बनाउने सपना रहेका बताएका विष्टले आफु जस्तै आयस्तर न्युन भएका खेलाडीहरुलाई सरकारले बिभिन्न स्रोत साधन, शिक्षामा लगानी लगाउने वातावरण बनाईनु पर्ने बताए । तेक्वान्दो खेलाडी विष्टका बुवा हर्केश विष्टले आफनो छोराले देश विदेशमा गएर खेल खेल्दा पदक जित्दा आफनो नाम र देशको नाम विदेशमा चिनाएकोमा गर्भ महसुस भएको बताए ।

सानै देखी बिभिन्न खेलकुदमा रुची राख्ने र तेक्वान्दो खेलमा विशेष रुची राखेको उनले बताए । बिभिन्न देशमा खेल खेल्न जाने समयमा आर्थिक अभावले पठाउन नसकेको गुनाशो गरे, सरकार पनि गुहार गरेको भएपनि खासै सहयोग नपाएको बताए । विश्व सामु आफनो देश आफनो क्षेत्र जिल्लाको पहिचान गराउँदा आफुलाई खुशी लागेको बताए ।

जिल्ला तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहले जिल्लाले तेक्वान्दोमा एक सय एक खेदाडी उत्पादन भएको अवस्थामा युवा अवस्थामा पनि विश्व च्याम्पियनसिप तेक्वान्दो खेल्न अजरबैजान पाकिस्तान भारतमा राम्रो प्रदर्शन गरेको बताए । यसरी नै खेलमा लाग्ने हो भने, तेक्वान्दोमा राम्रो खेलाडी हुने उनले बताए ।

विष्टका लागी आफुहरुले उनको खेललाई अझ सुधार गर्न आफु लगायत संस्थाले साथ र सहयोग गर्ने बताए । भीमदत्त नगरपालिका १६ का वडा अध्यक्ष केशवसिंह विष्टले तेक्वान्दो खेलाडी सुमित विष्टलाई सम्मान गर्ने योजना रहेको बताए । साथै वडाले खेलकुदको क्षेत्रमा २ लाख बजेट विनियोजन गरिएको बताए ।

सम्बन्धित

Comments are closed.