महेन्द्रनगर । कञ्चनपुरको पुर्नवासमा भएको लक्ष्मी घर्ती मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ४ जना आरोपितलाई सार्वजनिक गरेको छ । २ महिना १५ दिनपछि आरोपितहरुलाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै ४ जना आरोपितलाई सार्वजनिक गरेको हो ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले बेलौरी नगरपालिका १ का वर्ष २७ सरोज राना, वर्ष १९ का राहुल राना, लालझाडी गाएँपालिका १ वर्ष ३३ सेनराज राना, वर्ष ३० राजकुमार राना, र वर्ष ३३ पर्शु राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए ।
जसमध्ये राजकुमार राना भारत तर्फ फरार रहेको र निजको पनि भारतिय प्रहरीको समन्वयमा खोजी भईरहेको उनले बताए । सावन २९ गते मृतक घर्ती आफनो मामा घर जान्छु भन्दै माईतबाट हिँडेको र त्यो पछि कसेको सम्पर्कमा नआएपछि उनको खोजी तलासी भएको थियो ।
दोस्रो दिन सावन ३० गते प्रहरीले अन्दाजी बिहान ६ बजे पुर्नवास नगरपालिका वडा नम्वर ३ आइबिआरडी बजार देखी घ गाँउ तर्फ जाने सडकमा उनको शव फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा उक्त शव आईबिआरडी बस्ने वर्ष २७ की लक्ष्मी घर्तीको पुष्टि भएको थियो ।
लक्ष्मीको सरोज रानासंग चिनजान रहेको र निज पाँचै जनाले लक्ष्मीलाई ललाइफकाई लालझाडी गाउँपालिका १ मा रहेको लालझाडी जंगलमा हात्ती हेर्न जाने भनेर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी थापाले बताए । जंगलमा रहेको मचान माथी चढेर मदिरा सेवन गरेको र लक्ष्मी माथीबाट तल खसेपछि अचेत अवस्थामा उनलाई बोकेर सडकमा फालेर ५ जना घर गएको खुल्न आएको उनले बताए ।
घाईते भएकी लक्ष्मीको उपचारको साटो घरनजिकै ल्याएर फ्याकेपछि लक्ष्मीको मृत्यु भएको उनले बताए । ‘जंगली हात्ती रेखदेख गर्नका लागि मचानमा मदिरा सेवन गरेर उनीहरुविच विवाद भएको देखिन्छ, ‘एसपी थापाले भने, ‘आपसी विवादकै कारण ति युवकहरुले महिलालाई माथिबाट खसालिदिए ।’
१४ असोजमा पक्राउ परेका चारै जनालाई आदालनबाट ५ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाईएको छ । घटनाको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज प्रहरी निररिक्षक हेमराज भट्ट नेतृत्वमा अनुसन्धान भएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक एव सुचना अधिकारी पुष्करराज पन्तले उक्त घटनामा थप अनुसन्धान हुने र केही तथ्यमाथि अनुसन्धान गरिने बताए ।
Comments are closed.