कञ्चनपुरमा नेपाल भारत मैत्री बसबाट सशस्त्र प्रहरीद्धारा लाखौका सामान बरामद

महेन्द्रनगर । कञ्चनपुरमा नेपाल भारत मैत्री बसबाट सशस्त्र प्रहरीले लाखौका समग्री फेला पारेको छ । मंगलवार नेपाल भारत मैत्री बस अन्तर्गत दिल्ली महेन्द्रनगर चल्ने साहिबाबाद डिपो को यूपी ३३ एटी ५८६७ नम्बरको बस चेकजाँच गर्दा लगभग ५ लाख बढीका सामानहरु बरामद गरिएको हो ।

बसमा लुकाएर नेपाल भित्र्याउदै गरेको २२ थान मोबाईल र नेपालमा बेचबिखनमा प्रतिबन्ध लाखौ रुपैयाँ बढीको औषधि फेला परेको सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीका प्रमुख डिएसपी सुदन
आचार्यले बताए । भारतमा बनेका औषधी भएपनि नेपालमा बिक्री वितरणमा पूर्णरुपमा बन्देज गरिएको पाईएका शक्ति वर्धक उत्तेजित पार्ने औषधीहरु पनि बरामद गरिएको छ ।

विगतका दिनहरुमा पनि अन्य सवारी साधनहरुबाट सानो मात्रामा सामनहरु बरामद भएको भएपनि यो अहिले सम्मकै ठुलो मात्रामा सामान रहेको उनले बताए । विषेश सुचनाको आधारमा उक्त वसलाई चेकजाँच गर्दा उक्त सामग्रीहरु फेला परेको उनले बताए ।

अहिले नेपालमा चाडपर्व आई रहेको समयमा बसमा पनि यात्रुहरु बढी हुने र त्यही मौका छोपी सवारी साधनका धनीहरुले अबैध सामग्रीहरु नेपाल भित्राउने मौका पाउने उनले बताए । अहिले आफनो टोलीले नाकामा कडाई गरिरहेको र अबैध भन्सार छलीका सामग्रीहरुमा पनि बिषेश निगरानी गरेर कर्तव्य पालना गरिरहेको उनले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.