महेन्द्रनगर । मङ्गलबार दिउँसो गएको भूकम्पबाट बच्न विद्यालयको दुई तलाबाट हामफालेका एक विद्यार्थी घाइते भएका छन् । बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित विन्देवासिनी माविमा कक्षा १० मा अध्ययनरत सन्तोष साउँद घाइते भएका हुन ।
कक्षा चलिरहेको बेलामा भूकम्पको धक्का महसुस भएपछि आत्तिएर विद्यालयको विज्ञान भवनको दुई तलाबाट हामफाल्ने क्रममा साउँद घाइते भएको विद्यालयका प्रधानाध्यापक निर्प रावतले जानकारी दिए । ‘‘आत्तिएर दुई तलाबाट हामफाल्ने क्रममा लट्पटिएर घाइते भएको उनले बताए ।
प्रधानाध्यापक रावतले भने, सन्तोषको बाहिरी देखिने गरेर टाउको, अनुहारमा चोट लागेको बताइएको छ । केही समय श्वास समेत रोकिएर अहिले श्वास आएको प्रधानाध्पक रावतले बताए । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केल र ३ बजेर ६ मिनेटमा फेरी दोस्रो पटक सुदूरपश्चिम सहित भारतका केही भाग हल्लिने गरी भुकम्प आएको छ ।
दोस्रो पटकमा आएको भुकम्प ६।३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
Comments are closed.