महेन्द्रनगर । सुदूरपश्चिम सहित भारतका केही क्षेत्रमा मंगलवार भुकम्प गएको छ । आज (मंगलबार) दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दु आसपास बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पपछि बझाङमा एक महिलालाई अस्पतालको चौरमा सुत्केरी गराइएको छ। जिल्लालाई नै केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण सुत्केरी हुन जिल्ला अस्पताल बुझाङ पुगेकी एक महिलालाई अस्पतालको चौरमा लगेर सुत्केरी गराइएको हो।
अस्पतालका डाक्टर इन्द्र शाहका अनुसार तलकोट गाउँपालिका–१ गोथीचौरकी २० वर्षीय मनिषा ऐडीले ३ बजेर २५ मिनेटमा बच्चालाई जन्म दिएकी हुन्।
नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिएकी मनिषा र बच्चाको अवस्था सामान्य रहेको डाक्टर शाहले बताए।
Comments are closed.