कञ्चनपुरमा हात्तीको बथानले तीन घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरमा धान पाकेर काट्ने बेलामा किसानहरुलाई हात्तीको बथानले दुख दिन थालेको छ । कृष्णपुर नगरपालिकाको उत्तरी चपरतला गाँउमा जंगली हात्तीको आतंक बढेको छ । मंगलवार राती हात्तीको बथानहरु गाउँमा पसेर तीन घर भत्काईदिएको छन, भने अन्नबालीमा पनि क्षती गरेका छन् ।

जंगली हात्तीले कञ्चनपुरमा धानबालीदेखि भौतिक तथा मानविय क्षति पुर्याउँदै आएपछी स्थानीय त्रसित भएका छन । हात्तीको बथानले कृष्णपुर नगरपालिका ४ स्थित चपरतलाका तीन घर भत्काईदिएको कृष्णपुर नगरपालिका ४ का वडाध्यक्ष धर्म बहादुर सिहले जानकारी दिए । उक्त गाँउका १५ स्थानीयको झण्डै साढे तीन चार विगाहको धानबाली नष्ट गरिदिएको उनले बताए ।

पाक्नै लागेको धानबाली हात्तीले नष्ट गरिदिएपछि किसानहरुले अब के खाने भन्ने चिन्ता रहेको र भोकमरी बढने बताए । जंगली हात्तीले गाँउ पसेर घर तथा अन्नबालीमा क्षती गरेको किसानहरुले बताए । वडाध्यक्ष सिहका अनुसार श्यानु चौधरी, गोपाल चौधरी र जयराज चौधरीको घर भत्काईदिएको छ ।

हात्तीले बस्ने घरै भत्काईदिएपछि उनिहरुको परिवार विचल्लीमा परेका छन् । भत्काउका घर बनाउनलाई अािर्थक नभएको र सोही घरमा बस्ने लायक नभएपछि उनिहरुको बिच्चली भएको हो । उनीहरुमा सोही घरमा बस्दा पुन हात्ती आउने त्रास र नयाँ बनाउन रकम नहुँदा समस्यामा परेका छन ।

‘गाँउमा हात्ती आएपछि स्थानीय घर छाडेर भागेका रहेछन, ‘वडाध्यक्ष सिहले भने, ‘घर छाडेर भाग्दा ज्यान जोगाए, तर घर भने हात्तीले भत्काईदिएछ ।’ वडाध्यक्ष सिहले हात्तीबाट पीडितलाई राहत एव आवश्यक सहयोगका लागि क्षतिको एकिन विवरण संकलन भईरहेको बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.