कृष्णपुरमा हात्तीले क्षती गरेको क्षेत्रमा नगर प्रमुख ओझाद्धारा अनुगमन

महेन्द्रनगर । कृष्णपुर नगरपालिका ४ किचाई शिविर (चपरतला टोल) मा गएराती जंगली हात्तिको बथानले क्षती गरेपछि बुधवार नगरप्रमुख हेमराज ओझाले स्थलगत अनुगमन गरेका छन् । नगरपालिकाले किचाई शिविरमा गएराती हात्तीले क्षती गरेको ३ घरपरिवारलाई तत्कालको लागि १÷१ थान त्रीपाल र खाद्यान्न सहयोग गरेको छ ।

स्थानिय श्यानु चौधरी, गोपाल चौधरी र जयराज चौधरीको घर हात्तीले भत्काईदिएको छ । हात्तीले बस्ने घरै भत्काईदिएपछि उनिहरुको परिवार विचल्लीमा परेका छन् । अनुगमन पश्चात नगरप्रमुख ओझाले कृष्णपुर नगरपालिकामा वनक्षेत्र बढी भएको कारण बर्सेनि हात्तीले दुख दिइरहेको भन्दै स्थायी समाधानको लागि सम्बन्धित निकायसँग छलफल गरिरहेको बताए ।

साथै उनले यो विषयमा जिल्ला प्रशासन कार्यालय कंचनपुरलाई खबर गरि आवश्यक क्षतिपूर्तिको लागि पनि आग्रह गरेको जानकारी दिए । आफुहरुलाई भेट गर्न नगर प्रमुख लगायतको टोली आएपछि पिडित हरु खुशी भएका छन् । हात्तीबाट हुने क्षतीको दिगो समाधानका लागी पहल गरिदिन उनिहरुले माग गरेका छन् । कृष्णपुर नगरपालिकाको उत्तरी चपरतला गाँउमा जंगली हात्तीको आतंक बढेको छ ।

मंगलवार राती हात्तीको बथानहरु गाउँमा पसेर तीन घर भत्काईदिएको छन, भने अन्नबालीमा पनि क्षती गरेका छन् । जंगली हात्तीले कञ्चनपुरमा धानबालीदेखि भौतिक तथा मानविय क्षति पुर्याउँदै आएपछी स्थानीय त्रसित भएका छन । उक्त गाँउका १५ स्थानीयको झण्डै साढे तीन चार विगाहको धानबाली नष्ट गरिदिएको उनले बताए ।

 

पाक्नै लागेको धानबाली हात्तीले नष्ट गरिदिएपछि किसानहरुले अब के खाने भन्ने चिन्ता रहेको र भोकमरी बढने बताए । जंगली हात्तीले गाँउ पसेर घर तथा अन्नबालीमा क्षती गरेको किसानहरुले बताए । हात्तीले बस्ने घरै भत्काईदिएपछि उनिहरुको परिवार विचल्लीमा परेका छन् ।

भत्काएका घर बनाउनलाई अािर्थक नभएको र सोही घरमा बस्ने लायक नभएपछि उनिहरुको बिच्चली भएको हो । उनीहरुमा सोही घरमा बस्दा पुन हात्ती आउने त्रास र नयाँ बनाउन रकम नहुँदा समस्यामा परेका छन । गाँउमा हात्ती आएपछि स्थानीय घर छाडेर भागेका थिए ।

घर छाडेर भाग्दा ज्यान जोगाए, तर घर भने हात्तीले भत्काईदिएको पिडितले बताए । अनुगमनमा नगरप्रमुख सहित प्रदेश सभा सदस्य माननीय ओमविक्रम भाट सरल,नगर उपप्रमुख द्रोपती राना र वडा न ४ का अध्यक्ष धर्म सिंह लगायत उपस्थित रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.