महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका २ दशरथबस्तीमा रहेको भागेश्वर सुगर एण्ड केमिकल प्रालिले आफनो मिलबाट कुनैपनि केमिकल युक्त पानी खेतमा नगएको दाबी गरेको छ । अहिले आफनो मिल विगत चैत्रदेखी बन्द रहेको अवस्थामा संचालनमा नै नरहेको मिलबाट केमिकल भएको पानी नरहेको बताएको हो ।
कुनैपनि बनस्पतीलाई हानी नोक्सानी गर्ने खालको केमिकल मिलबाट उत्पादन नहुने र मापदण्डमा नै रहेर आफुहरुले काम गरेको भागेश्वर सुगर एण्ड केमिकल प्रालिका महाप्रबन्धक द्वारिकानाथ पाण्डेयले बताए । किसानहरुको खेतमा लेदोयुक्त माटो नै माटो भएको बाढी आएपछि विरुवाहरुको पात ढाकिएकोर विरुवाले स्वास लिन नपाएपछि मरेको उनले बताए ।
आफनो उद्योगबाट निस्कने पानीलाई परिक्षण गर्दा त्यसमा भएको बेकारपन निकै न्यून मात्रामा रिपोर्ट आएको उनले बताए । उनले बिओडी र सिओडीको तोकिएको मापदण्ड भित्रै पानी परीक्षणको रिर्पोट आएकाले उद्योगकै कारण अन्नबाली नष्ट नभएको र लेदोका कारण अन्नबाली नष्ट भएको दावि गरेका छन् ।
भागेश्वर सुगर एण्ड केमिकल प्रालिका लेखा अधिकृत प्रकास भट्टले किसान भन्दा पनि केही बिचौलियाहरुले मिलेर उद्योगका बिरुद्धमा स्थानीय किसानहरुलाई उचालिरहेको बताए । यो चिनी मिललाई बन्द गर्ने योजना बुनेका केही बिचौलियाहरुले किसानहरुलाई उचालेर मिलका विरुद्ध लागेको उनले बताए । यस क्षेत्रको कृषि विकासमा अघि बढिरहेको उद्योग धरासायी बनाउने काम भईरहेको उनको भनाई छ ।
गत साउन सिमरी नदीमा आएको वाढीपछि उक्त क्षेत्रका झण्डै साढे तीन सय भन्दा बढि विगाह जमिनको धान तथा उखुखेती नष्ट भएको छ । मिलबाट निस्कने पानीलाई प्रसोधित गर्ने मेसिन रहेको भएपनि अब मिलले अत्याधुनिक मेसिन जडान गरिरहेको उनले बताए ।
अब पानी प्लान्ट जडान गरेपछि भावि दिनमा उद्योग बिरुद्धमा आरोप नआउने अपेक्षा गरिएको छ । रहेको एक चिनीमिलले उद्योगबाट निस्किने फोहोर पानी शुद्धिकरणका लागि प्रविधी जडान गरिरहेको छ । उद्योगले हालै पानी प्रशोधित प्लान्ट जडान गरिरहेको छ ।
भागेश्वर सुगर एण्ड केमिकल प्रालिका अधिकृत डम्बर बहादुर खडकाले उद्योगबाट निस्किने पानी प्रशोधनका लागि प्लान्ट जडान भईरहेको बताए । ‘पहिले पनि हामीले उद्योगबाट पानी प्रशोधन गर्दै आएका थियौँ, ‘उनले भने, ‘उद्योगबाट निस्किएको पानीले स्थानीय किसानले उद्योगलाई आरोप लगायन थालेपछी आधुनिक प्लान्ट जडान गरिरहेका छौँ ।’आधुनिक प्लान्ट निर्माण भएसंगै उद्योगबाट निस्किएको फोहोरो पदार्थ बर्गिकरण गरेर बाहिर निस्किने पानी सिँचार्ई गर्न सकिने अधिकृत खडकाले बताए ।