बेलौरी नगरपालिकाले लागुऔषध विरुद्ध महाअभियानको आयोजना गर्दै

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकाले लागुऔषध विरुद्धको महाअभियान २०८० को आयोजना गर्ने भएको छ । सोमवार पत्रकार सम्मेलन गर्दै पालिकाले असोज २६ गतेदेखी बिभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै लागुऔषध विरुद्धको महाअभियान २०८० को आयोजना गर्ने जानकारी दिईएको छ ।

बेलौरी नगरपालिका भारतिय सिमानाका नजिक रहेको पालिका भएर लागुऔषधका प्रयोगकर्ता एवम व्यापारीहरुले यही नाका प्रयोग गर्ने भन्दै बेलौरी नगरपालिका र ईलाका प्रहरी कार्यालय बेलौरीको संयुक्त आयोजनामा लागुऔषध विरुद्धको महाअभियान २०८० गरिने नगर प्रमुख पोतीलाल चौधरीले जानकारी दिएका छन् । कार्यपालिकाको निर्णय अनुसार नै यो महाअभियानको आयोजना गरिएको उनले बताए ।

विगत ५ वर्षमा बेलौरी नगरपालिका क्षेत्रबाट लगभग २ सय जना लागुऔषधका प्रयोगकर्ता, व्यपारीहरु पक्राउ परेको तथ्याङक प्रहरीले दिएको र जसमध्ये ९१ ज्ना माथी मुद्धा चलाईएको नगर प्रमुख चौधरीले बताए । सेवन गर्ने को संख्या प्रत्येक वर्ष बढदै गईरहेको अवस्थामा अब आउने केही वर्षमा प्रत्येक घरमा एकजना लागुऔषध प्रयोगकर्ता फेला पर्न सक्ने चिन्ताजनक वातावरण निर्माण भईरहेको उनले बताए ।

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाबाट यो कुलतको अन्त्य गर्ने अभियानको थालनी गर्ने उद्धेस्यले यो महाअभियानको थालनी गरिएको नगर प्रमुख चौधरीले बताए । साथै कञ्चनपुर जिल्लामा एउटा रिह्याब सेन्टरको आवस्यक्ता रहेको र मुख्य मन्त्रीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा यी समस्याहरु राखिने उनले बताए । साथै आफनो पालिकाले कैलालीमा संचालनमा आउने रिह्याब सेन्टरलाई ५ लाख रुपैँया सहयोग पनि गरिएको नगर प्रमुख पोतीलाल चौधरीले बताए ।

असोज २६ गते बेलौरी बजारमा भव्य य्रालीको अयोजना गर्दै बेलौरी नगरपालिकामा रहेका हरेक टोल समुदाय बिद्यालयमा जनचेतना मुलक छलफल र बिभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । साथै पालिकाले लागु पदार्थ सेवनकर्तालाई जाँच गर्ने मेसिन पनि ईलाका प्रहरी कर्यालयलाई प्रदान गर्ने भएको छ । कुनै पनि संकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उसले लागुपदार्थ सेवान गरेको छ वा छैन भनेर पनि चेकजाँच गरिने भएको छ ।

उक्त महाअभियानको दिनमा बिभिन्न जनचेतना मुलक लेखहरु लेखिएका ४ हजार टिसर्ट को पनि व्यवस्था गरिएको छ । ईलाका प्रहरी कार्यलय बेलौरीका ईन्चार्ज प्रहरी निरिक्षक गौरीप्रशाद जैशीले बजारमा बढदै गएको लागुऔषधको बजार मागलाई कम गर्ने, उत्पादनलाई कम गर्ने र यसबाट हुने असर क्षतीबारे जानकारी प्रदान गर्न बिभिन्न कार्यक्रमको आयोजना गरिने उनले बताए ।

साथै पक्राउ गरेर मात्रै यसको समाधान नभएर प्रयोग गर्न भन्दा पहिले नै जनचेतना मुलक कार्यक्रम गरी युवाहरुलाई सचेत गराउनका लागी पालिकासंग को सहकार्यमा महाअभियान गर्न लागेको उनले बताए । बेलौरी भन्दा बाहिरका लागुऔषध प्रयोगकर्ताहरु बढी आउने र यो नाका प्रयोग गर्ने गरेको उनले बताए । साथै प्रहरीले लागुऔषध कारोवारी, प्रयोगकर्तालाई छोड्दैन भन्ने सुचना प्रवाह गर्नपनि यो कार्यक्रमको आयोजना गरिएको प्रहरी निरिक्षक जैशीले बताए ।

सम्बन्धित

Comments are closed.