कैलालीमा घाइते अजिङ्गरको उद्धार

महेन्द्रनगर । कैलालीमा घाइते अजिङ्गरको उद्धार गरिएको छ । कैलालीको टीकापुरमा आहारा खाएर एक किसानको खेतमा बसेको दुर्लभ अजिङ्गर बर्मेस पाइथन सर्पको उद्धार गरीएको हो । सर्प उद्धारकर्मी लक्ष्मण उपाध्याय र दुर्गा बुढामगरले अजिङ्गरको उद्धार गरेर सुरक्षित स्थानमा लगेका हुन्।

आहारा खाएर अजिङ्गर किसानको धानखेतमा बसेको थियो। ‘धान काट्ने क्रममा पावर ट्रिलरले लागेर सर्प घाइते भएको थियो। घाइते अजिङ्गरको उद्धारपछि उपचार गरेर टीकापुर प्रहरी र वन कर्मचारीको सहयोगमा प्राकृतिक वासस्थान वन क्षेत्रमा छोडिएको छ’ उपाध्यायले जानकारी दिए।

सम्बन्धित

Comments are closed.