भीनपा १८ द्धारा निशुल्क एक हप्ते योग शिविर को आयोजना

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ ले निशुल्क एक हप्ते योग शिविर संचालन गरेको छ । महिला पतंजलि योग समिती कञ्चनपुर को आयोजना तथा भीमदत्त नगरपालिका वडा नम्वर १८ को सहयोगमा १ हप्ते योग शिविरको सुरुवात गरिएको हो ।

हरेक दिन बिहान ५ बजेदेखी ७ बजेसम्म निशुल्क एक हप्ते योग शिविरको आयोजना गरिने भएको छ । योग प्रशिक्षक लवराज भट्टले योगले मात्रै सबै रोग निको हुने मानवलाई स्वस्थय राख्ने भएकाले सबैले आफनो अमुल्य जिवनलाई योग गरेर स्वस्थ्य राख्न उनले आग्रह गरे, तन र मनलाई जोडेर नै योग हुन्छ । शारीरिक, मानसिक र आध्यात्मिक अभ्यासको समूहलाई नै योग भनिने उनले बताए ।

योग अन्तरगत श्वासन व्यायाम, ध्यान र विभिन्न प्रकारका आसन गरिन्छन, नियमित रुपले योग अभ्यास गर्नाले मानसिक तथा शारीरिक रुपले थुप्रै लाभ मिल्छ, जसलाई विज्ञानले पनि मानेको उनले बताए । योगले तनाव कमगर्ने र शरीरलाई आराम दिने, हर्मोनको प्रवाहलाई कम गर्न सक्ने धेरै अध्ययनबाट पत्ता लागेको उनले बताए । साथै योग गर्नाले चिन्ता कम गर्न मद्दत गर्न सक्ने योग प्रशिक्षक भट्टले बताए ।

साथै उनले योग अभ्यासले शरीर सुन्निने समस्यालाई पनि कमगर्न सकिने बताए । यस्तै, भीमदत्त नगरपालिका वडा नम्वर १८ का वडा अध्यक्ष रविन्द्रप्रशाद देवकोटाले स्वास्थ्य निरोगी, दीर्घजीवि हुन नियमित रुपमा योग अभ्यास गर्नु उपयुक्त हुने बताए । अहिलेको जीवनशैलीका कारण धेरैमा शारीरिक तथा मानशिक समस्याहरु बढ्दै गएको र त्यसलाई क मगर्न योग अभ्यास निकै फाईदा जनक रहेको बताए ।

वडा अध्यक्ष देवकोटाले नियमित योगाभ्यास गर्ने मानिसहरु खुसी र आन्नदित रहने,जसले गर्दा उनीहरुको जीवन साधारण र सुखमय हुने बताए । शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ रहनका लागि योग गर्नुपर्ने र योगको माध्यमबाट मानिस निरोगी र स्वस्थ भएर बाँच्न सकिने बताए । साथै,उनले स्वस्थ्य मानवले नै आफनो परिवा समाज, समुदाय देशलाई महत्वपूर्ण योगदान पदने भएकाले सबैले स्वस्थ्य भयो भने हरेक क्षेत्रमा सक्रिय भएर विकास गर्न सक्ने बताए साथै वडामा रहेको विभिन्न सामुदायिक भवन, विद्यालयहरुमा पनि योग शिविरको आयोजना गर्न आवस्यक रहेको बताए ।

साथै पछिल्लो समय हाम्रो समाजमा बिभिन्न घटनाहरु बढदै गएको अवस्थामा योगले पनि ती युवा पुस्ताहरुलाई पनि योगमा जोडेर उनिहरुलाई स्वस्थ्य मन मष्तिस्कलाई पनि स्वस्थ्य राख्न सकिने बताए । हाम्रो समाज युवा पुस्ताहरु कता तर्फ गईरहेका छन उक्त विषय पनि छलफलमा आउनु पर्ने बताए ।

साथै यस्ता कार्यक्रमहरु टोलटोलमा वडामा समाजमा आयोजना गरिनुपर्ने बताए । अध्यक्ष देवकोटाले पानसमा दीपप्रज्वलन गरि शिविर उदघाटन गरेका थिए । उक्त कार्यक्रममा स्थानिय साधक लगभग १०० जना जति को सहभागीता रहेको थियो ।

सम्बन्धित

Comments are closed.