महेन्द्रनगर । इजरायलमा रहेका नेपालीहरुलाई ल्याउन बुधबार राति नेपाल वायुसेवा निगमको वाइडबडी जहाज तेलअभिभ जाने भएको छ । दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको जहाज त्यहाँ यात्रु झारेर इजरायल जान लागेको हो । काठमाडौं(दुबई(तेलअभिभ फ्लाइट साढे ११ बजे हुनेछ ।
२७८ सिट क्षमताको जहाजमा करिब साढे २ सय जना हाराहारी यात्रु काठमाडौं ल्याइने छ । त्यहाँ करिब ३ सय नेपालीले स्वेदश फर्किन अनलाईन आवेदन भरेका छन् । नेपाल सरकारको निर्देशनअनुसार हामी दुबईको उडानलाई इजरायलतर्फ लैजाने प्रक्रियामा छौुं नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले भने,ुइजरायलबाट उद्धार गरिएका नेपाली राखेर दुबई हुँदै नेपाल ल्याइनेछ ।