बझाङमा फेरी गयो ५.२ रेक्टर स्केलको भूकम्प

महेन्द्रनगर। बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२ बजेर २२ मिनेटमा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो।

असोज १६ गते बझाङ केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पको धक्काले बझाङसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ठूलो भौतिक क्षति निम्त्याएको थियो।

भूकम्पबाट बझाङमा एक जनाको ज्यान गएको थियो। असोज १६ गते यता बझाङ केन्द्रविन्दु बनाएर दर्जनौंपटक भूकम्प गएको छ।

सम्बन्धित

Comments are closed.