महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजारमा प्रहरीले छापा हानेको विरोधमा व्यापारीहरुले बजार बन्द गरेका छन् । प्रहरीले छापा हानेर दुःख दिएको भन्दै बिहिवार महेन्द्रनगर बजार बन्द गरिएको हो । जिल्ला प्रहरी कार्यालयले दशैंको मुखमा छापा मारेर व्यवसायीहरूलाई आतंकित गरेको भन्दै त्यसको विरोधमा बजार बन्द गर्नुपरेको बताएका छन् ।
यस घट्नामा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्वर जोशीले व्यापारीहरुको समस्यालाई ध्यानमा राखेर प्रमुख जिल्ला अधिकारी लगायत सम्बन्धित निकाय व्यापारीहरुसंग संग बसेर समस्याको हल निकालिने बताएका छन् । उनले चोरी, पैठारी,भन्सार छली, गर्न नहुने र उद्योग वाणिज्य संघले पनि त्यसको विरोध गर्ने बताए ।
चोरी पैठारी भन्सार छलीले व्यापार व्यवसाय संचालन गर्न नहुने र मर्यादित तवरले व्यापार गरिरहेका व्यापारीहरु मारमा पर्ने उनको भनाइृ रहेको छ । साथै राज्यले निर्माण गरेको ऐन नियमले पनि व्यापारीहरु मारमा परेको उनले बताए । भ्याटमा दर्ता भएको व्यवसायको मात्रै भन्सारले बिल काट्ने सानोतिनो सामानहरुको व्यक्तीको नाममा बिल काट्ेर ल्याएको सामान प्रहरीले जफत गर्ने गरेको भएर व्यापारीहरु मारमा परेको उनले बताए ।
एकातिर प्रहरीले पनि आफुले पाएको जिम्मेवारी बहन गरिरहेको अर्काे तर्फ व्यापारीहरु पनि मारमा परेको उनले बताए । जस्तै, ‘चिनी सरकारले व्यवस्थापन गर्न नसक्ने भारतबाट ल्यायो भने समस्या हुने ’ उनले भने, राज्यको ऐन नियमले भारतबाट सामान ल्याउन नसकिने भएर पनि व्यापारीहरु मारमा परेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जोशीले बताए ।
ठुला व्यापारीहरुले सरकारको ऐन नियम आफु अनुकुल आफनो फाईदा हेरेर बनाएको अवस्थामा साना व्यापारीहरु समस्यामा परेको उनले बताए । प्रहरीले गत शुक्रवार तस्करीका प्लास्टिक जन्य सामानको गोदाममा छापा हानेको थियो । ११ लाखका भन्सार छलीका सामान बरामद गरिएको थियो । सरकारले प्रतिबन्ध गरेका प्लास्टिकजन्य वस्तु बेचबिखन गर्ने महेन्द्रनगरका १ व्यापारीको गोदाममा छापा मारेको हो ।
जिल्लाको भीमदत्त नगरपालिका–१८ का सुशील गुप्ताले सञ्चालन गरिरहेको हिमांशु प्लास्टिक स्टोरको गोदाममा छापा मारिएको थियो । भारतबाट भन्सार छलीेका सामान क्यारिङ गर्ने ब्यक्तिहरूको पिछा गर्दै जाँदा गोदाम पत्ता लागेको प्रहरीले जनाएको छ । प्रहरीले पसलका सञ्चालनमाथि अनुसन्धान गर्दैछ ।
बुधवार फेरि कञ्चनपुर प्रहरीले नौ लाखका सामान नियन्त्रणमा लिएको थियो । जिल्लाको भीमदत्त नगरपालिका–४ का विष्णु गुप्ताको पसल र गोदाममा प्रहरीले छापा मारेका हो । प्रहरी टोलीले गड्डाचौकीबाट भन्सार छली गरेका सामानहरू क्यारिङ गर्ने ब्यक्तिहरूको पिछा गर्दै गुप्ताको पसल र गोदामबाट ९ लाख रुपैयाँ मूल्य बराबरका खाद्यान्न सामाग्री र किराना सामान फेला पारेको बताइएको छ । प्रहरीका अनुसार गुप्तालाई पक्राउ गरी आवश्यक कारबाही भइरहेको छ ।
Comments are closed.