महाकाली पुल योजनाले कञ्चनपुर र कैलालीमा १६ वटा पुल मर्मत सम्भार गर्दै

महेन्द्रनगर । कञ्चनपुर र कैलालीमा १६ वटा पुल मर्मत सम्भारको कार्य शुरु भएको छ । अहिले महेन्द्र राजमार्गका १४ वटा पुल र महाकाली राजमार्गका २ वटा पुल गरी १६ वटा पुलको मर्मत सम्भारको काम भईरहेको महाकाली पुल योजना महेन्द्रनगर कञ्चनपुरले जनाएको छ ।

अहिले भुजेला खोलामा दैजी खोला, राधा, सुनवरा डोन्डा, मोहना, गोदावरी र गेटा नजिकको पुलमा काम भईरहेको महाकाली पुल योजना महेन्द्रनगर कञ्चनपुर सव ईन्जिनियर दुर्गादत्त अवश्थीले जानकारी दिए । महेन्द्र राजमार्ग र महाकाली राजमार्गमा रहेको पुलहरु विगत २० देखी २५ वर्षसम्म पनि मर्मत सम्भार नभएको अवस्थामा जिर्ण रहेको मुख्य पुलमा पहिलो पटक कुल लागत १६ करोड ९३ लाखमा पुलको मर्मत सम्भार भईरहेको उनले बताए ।

विश्व बैँकको आर्थिक सहयोगमा हिम सगरमाथा भरतपुर चितवनले २०८० असार २२ गते सम्झौता गरेको र चैत्र २२ मा सम्पन्न गरिसक्नु पर्ने गरी काम भईरहेको उनले बताए । पहिले सामान्य मर्मत सम्भार भएपनि ठुलो किसिमको मर्मत यो पहिलो पटक भएको र पुलमा (ईपोक्सि मोटार) यसले उप्किएका प्लाष्टरलाई टाल्ने, टुटेका एक्सपान्सनलाई बदलेर नयाँ जडान गरिएको जसले गर्दा पुल मुनी पानी जान नदिने, (ग्राउटिङ) यसले पुल भित्र परेका चिरामा झोल पदार्थ पठाएर बन्द गर्ने विधीको प्रयोग गरेर पुल मर्मत भईरहेको महाकाली पुल योजना महेन्द्रनगर कञ्चनपुर सव ईन्जिनियर अवश्थीले बताए ।

(कार्वन फाईवर र कार्वन लेमिनेटिड स्ट्रिप) को प्रयोगले पुलको विचमा चिरा नपर्ने पुरानो प्लाष्टरलाई टुटन फुटन नदिने प्रविधीको प्रयोग गरिएको उनले बताए । साथै सडकमा रहेका पुलको सम्बन्धित पालिकाले पनि संरक्षण गरिदिने, फोहर नफाल्ने गरिदिनाले पनि पुलको आयु बढने र पुललाई मर्मत सम्भार गर्न आवस्यक नहुने बताए । तर यहाँ सबै स्थानियहरुले आफनो फोहरहरु पुल नजिक लगेर फाल्ने, रेलिङमा भएका फलाम चोरेर लैजाने पिल्लरलाई तोडफोड गरिदिनाले राज्यलाई आर्थिक भार पर्ने उनले बताए ।

झलारी बजारमा रहेको पुल र गोदावरी नदीमा रहेको पुलमा स्थानिय बजारबाट आएको फोहोरलाई ल्याएर सिधै पुलमा फालिदिने र पुल पनि विस्तारै कमजोर बन्ने भएकाले सम्बन्धित पालिकाले यो विषयमा ध्यान दिन उनले आग्रह गरे, साथै उनले बारम्बार पत्र काटेर उक्त विषयमा जानकारी दिएको भएपनि पालिकाले कानमा तेल हालेर अटेरी गरेको उनले दुखेसो पोखे ।

यो मर्मत सम्भारको लागी आउने रकम बारम्बार आउँदैन साथै सबैले मिलेर यस्को सुरक्षा संरक्षण गरिनु पर्ने उनले बताए । साथै नेपाल टेलिकमले पनि पुल विगार्नेमा भुमिका खेलेको उनले बताए । पुलको दक्षिण भागमा आफनो नेटको तारहरु लाई रोक्न पुलको पिल्लरमा मोटा फलामको डण्डी बाँधेर पुललाई अनावस्यक भार दिएको उनले बताए ।

उक्त फलामे डण्डीले गर्दा पिल्लहरु टुट्ने फलाम खस्ने र पुल बिग्रीने समस्या देखिएको उनले बताए । यो विषयमा पनि नेपाल टेलिकमलाई जानकारी दिएको भएपनि उसले उक्त नेटको तारको व्यवस्थापनमा खासै चाँसो नदिएको उनले बताए ।

सम्बन्धित

Comments are closed.