महेन्द्रनगर । कञ्चनपुरमा कपडा बैँकबाट कपडाहरु वितरण कार्यक्रमको सुरुवात भएको छ । शनिवारदेखी लाईन्स क्लब अफ महाकाली महेन्द्रनगरले लाईन्स कपडा बैँक संचालनमा ल्याएको छ । प्रत्येक शनिवार बिहानदेखी बेलुकी सम्म कपडा आवस्यक भएका जुनसुकै व्यक्तीले कपडा लैजान सक्ने र आफुसंग भएका छोटो पुरानो कपडा दिएर सकयोग गर्न सकिने लाईन्स क्लब अफ महाकाली महेन्द्रनगरका सचिव भाष्कर पन्तले जानकारी दिए ।
भगतपुरको ज्ञानेश्वर विद्यालय नजिक रहेको भवनबाट उक्त कपडाहरु वितरण भइरहेको छ । लाईन्स क्लब अफ महाकाली महेन्द्रनगरले आज भन्दा ५ वर्ष पहिले देखी कपडा बैँकको सथापना गरी आवस्यक्ता भएका व्यक्तीहरुका लागी पकडा वितरण गर्दै आएको क्लबका सचिव पन्तले बताए । बैंकले पुराना कपडा संकलन गर्छ भने नयाँ कपडा निःशुल्क वितरण गर्ने र आफुहरुसंग भएका बतिपय पुराना छोटो भएको कपडाहरु अरु कसैको शरिर ढाक्ने राम्रो माध्यम बन्न सक्छ अब चिशो पनि नजिक आयृरहेको बेलामा आवस्यक्ता भएका व्यक्तीलाई चिशोमा न्यानोपन दिन सक्ने भएकाले यो वर्ष पनि क्लबले कपडा बैँक संचालन गरेको उनले बताए ।
क्लबका विद्यार्थी भाईबहिनीहरुले आफना कपडा बैँकमा दिने र कपडाहरु खोज्दै जाने घरदैलो अभियान गरेर पनि कपडाहरु संकलन गरिउको उनले बताए । साथै, लाईन्स क्लबका संस्थापक मेलभिन जोन्सको जन्म सप्ताहमा जनवरी ७ देखी १३ सम्म आफुहरुले आवस्यक्ता भएका व्यक्तीहरुको घरदैलोमा गएर कपडाहरु वितरण गरेको क्लबका सचिव पन्तले बताए ।
लायन्स क्लब अफ महाकाली महेन्द्रनगरका पूर्व अध्यक्ष डा. भोजराज पन्तले बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिलाई मौसमअनुसार कपडा उपलब्ध गराउन मद्दत पुगाउने विश्वास लिएको बताए । उनले भने, ‘सम्पूर्ण कञ्चनपुरवासीलाई प्रयोग गर्न मिल्ने कपडा संकलनमा सहयोग गर्न आग्रह गर्दछु ।’ सामाजिक कार्य गर्ने उद्देश्यका साथ कपडा बैंक सञ्चालन गरेको उनले बताए ।
‘हाम्रो समाजमा एउटै लुगा वर्षौंसम्म वा धेरै पटक नलगाउने पनि धेरै छन् । नच्यातिएका र लगाउन मिल्ने लुगा त्यस्तै फालिएका हुन्छन्,’ पन्तले भने, ‘हामीले त्यसैलाई व्यवस्थापन गरेर असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोच बनाएका हौं ।’
पन्तले जो कोहीले पनि कपडालगायतका अनाजहरु पनि ल्याएर दिन सक्ने बताए । ‘बैँकमा जम्मा भएका कपडा गरिबका लागि मात्र होइन,’ उनले भने, जो कोहीले पनि बैंकबाट आवश्कयता अनुसार कपडा लैजान सक्छन् ।’
Comments are closed.