नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल ः अर्थतन्त्रलाई सुधार्नुछ भने, भ्रष्टाचार निवारण गर्न आवस्यक

महेन्द्रनगर । नेकपा (एकीकृत समाजवादी) ले आयोजना गरेको मेची–महाकाली राष्ट्रिय जागरण अभियान शनिवार कञ्चनपुरमा पुगेको छ । देश रूपान्तरणको मूल एजेन्डासहित सुरू भएको अभियानमा केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी युवा, किसान, महिला, दलित उत्पीडित र पिछडिएका समुदायहरुसँग हातेमालो गरेर अघि बढ्ने बताए ।

उनले समाजवादको यात्रामा कम्युनिस्टहरु फुटेर हैन, जुटेर अघि बढ्नुपर्ने जनाउँदै थपे,‘समाजवादको बाटोमा कम्युनिस्टहरूबीच एकता आवश्यक छ त्यसैकारण चार कम्युनिस्टबीच मोर्चाबन्दी भएको हो ।’ उनले देशको अर्थतन्त्रलाई सुधार्नुछ भने, भ्रष्टाचार निवारण, शुसासन कायम गर्ने र कृषी उत्पादनमा जोड दिनु पर्ने बताए जब सम्म किसानका समस्या कृषी क्षेत्रका समस्याहरु समाधान हुँदैनन तब सम्म अर्थतन्त्रको समस्या समाधान नहुने बताए ।

कृषि सामग्रीहरु पनि विदेश बाट आयात गर्नुपर्ने बिडम्बना रहेको बताए । अहिले युवाहरु विदेशमा गउका छन यता जमिन बाँझो रहने भएर उत्पादनमा कमी भएको अवस्थामा देशमा आर्थिक समस्या बढेकोे बताए सबै किसानहरुलाई सिँचाईको सुविधा दिनु पर्ने, किसानहरुलाई समयमै विउँ विजन, मलखाद उपलब्ध हुनुपर्ने बताए ।

साथै संविधानमा उल्लेख भएका समाजवादलाई व्यवहारमा लागु गर्नुपर्ने बताए । आफुले शुक्लाफाँटा आरक्ष पिडितहरुको स्थलगत भ्रमण गरेको र उनिहरुको उचित व्यवस्था नभएको प्रती आफु दुखी भएको र विगतका आयोजनाले बनाएका फाईलको थुप्रो थुपारेर मात्रै नहुने त्यसको कानुन अनूरुप कार्वान्वयनमा लैजानु पर्ने बताए ।

पूँजीवादी व्यवस्थाको विकृति र विसंगतिलाई निर्मूल पार्न समाजवादको विकल्प नरहेको जनाए । ‘जबसम्म देशमा समाजवाद आउँदैन तबसम्म जनताले सुख पाउँदैनन नेपालले भने, पार्टीका महासचिव घनश्याम भुषालले देशमा पहिलो प्राथमिकतामा देशमा कृषी उत्पादनमा हुनुपर्ने बताए ।

जबसम्म किसानहरुलाई सहज रुपमा मलखाद,बिउँविजनहरु सुफत मुल्यमा प्रदान गरिँदैन तब सम्म देशमा सम्बृद्ध नहुने बताए । अभियान बिर्तामोड, दमक, इटहरी, सप्तरी, धनुषा, रौतहट, बारा, चितवन, रुपन्देही, बुटवल, दाङ, बाँके, बर्दीया, टिकापुर, धनगढी, महेन्द्रनगर हुँदै २८ गते सुर्खेत पुगेर समापन हुने बताइएको छ ।

सम्बन्धित

Comments are closed.