४३औँ विश्व खाद्य दिवसमा सुदूरपश्चिमका रैथाने बालीको संरक्षण गर्नमा जोड

महेन्द्रनगर । ४३औँ विश्व खाद्य दिवसको अवसरमा सुदूरपश्चिमका रैथाने बालीको संरक्षण प्रवद्र्धनमा जोड दिन सहभागीहरुले आग्रह गरेका छन् । सोमबार जीवन र खाद्यको आधार हो पानी भन्ने नाराका साथ कृषि ज्ञान केन्द्रले ४३ औं खाद्य दिवसको अवसरमा कञ्चनपुरको सुन्दरपुरमा आयोजित एक कार्यक्रममा सहभागीहरुले स्थानीय कृषकले परम्परागत रूपमा खेती गरी संरक्षण गर्दै आएका बालीलाई सरकारले पनि प्रवद्र्धन संरक्षण गर्नमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

तराई क्षेत्रमा फल्ने बिभिन्न धान, दालहरुको उचित संरक्षण गर्न सकियो भने रैथाने बाली लोप नहुने सहभागीले बताए । कार्यक्रमका सभाध्यक्ष एवम कृषी ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोविन्द सिजापतीले नेपालका अन्नबालीलाई मुख्य, सहायक र दुर्लभ गरी तीन समूहमा विभाजन गर्न सकिने बताए । नेपालका मुख्य बालीमा धान, मकै, गहुँ पर्छन् भने सहायक बालीमा फापर, कोदो, कागुनो पर्छन् ।

त्यस्तै, धान कोदो, घोंगे आदि दुर्लभ बाली हुन् । पृथ्वीमा मानव जातिको सृष्टीको निरन्तरताको लागि जैविक विविधताको महत्वपूर्ण भूमिका रहेको उनले बताए । जैविक विविधताको अभिन्न अंगको रूपमा रहेको कृषि जैविक विविधता मानव जातिको आधारभूत खाद्य सुरक्षा तथा जीविकोपार्जनको लागि अपरिहार्य रहेको बताए । अहिले पनि लाखौ मानवहरु स्वच्छ खानेपानबिाट बञ्चित रहेको नेपालमा पनि ५७ प्रतिशतले मात्रै प्रशोधित पानी पाएको उनले बताए ।

जलवायु परिवर्तन ले गर्दा उत्पदनमा पनि कमी आएको र पानीको उचित प्रयोग गर्ने र मुहानको संरक्षणमा जोड दिन उनले आग्रह गरे । यस्तै कार्यक्रमका प्रमुख अतिथी एवम जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराले हाम्रा पूर्वजले विभिन्न रुपमा कृषि जैविक विविधताको संरक्षण, सम्वर्द्धन एवं विकास गर्दै आएकाको अवस्थामा अहिले आएर हाम्रा रैथाने वाली सबै लोप हुँदै गएको बताए । नेपाल कृषि जैविक विविधताको धनी देश हुँदा–हँदै पनि समयको अन्तरालमा स्थानीय कृषिजन्य आनुवंशिक स्रोत लोप हुन लागेको तथ्य अध्ययन–अनुसन्धानले देखाएको उनले बताए ।

कृषि प्रधान देशमा कृषि क्षेत्रको दिगो विकास, खाद्य सुरक्षार गरिबी निवारणको आधार स्तम्भको रूपमा रहेको महत्वपूर्ण कृषि जैविक विविधता संरक्षण, संवर्द्धन एवं दिगो उपयोग गर्नु आजको राष्ट्रिय आवश्यकता रहेको उनले बताए । नेपालमा सजिलै उत्पादन हुने गेडागुडी, मासु, तरकारी र फलफूल समेत आयातको सूचीमा रहेको र नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको दायित्व भएको उनले बताए ।

यस्तै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले स्वच्छ तथा सुदूरको मौलिक खाने परिकार खानुपर्नेमा जोडदिए । ‘बजारमा पाईने खाद्यान्न स्वास्थ्यकर पाईदैन, ‘उनले भने, ‘मानव स्वास्थ्यका लागि हाम्रै मौलिक खाने परिवार महत्वपुर्ण छ । कार्यक्रमका प्रमुख अतिथी एवम कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले खाद्यान्न सुरक्षाका लागि कृषिमा लगानी एव स्वदेशी बस्तु तथा सेवा उत्पादनमा जोडदिएका छन् ।

कार्यक्रममा कृषि क्षेत्रको विकासमा योगदान पु¥याउने व्यक्ति संघ संस्थाहरुलाई सम्मान गरिएका छन । पत्रकार भवानी भट्ट, निड्स नेपाल, खाद्य अधिकार सञ्जाल, अनमोल कृषि सहकारी, नव सृजना बहुउदेश्यीय सहकारी, फियान, निडस, याक नेपाल सहितलाई सम्मान गरिएको छ । राष्ट्र संघीय खाद्य तथा कृषि संगठनबाट प्रकाशित पछिल्लो प्रतिवेदनका अनुसार, वर्तमान विश्वव्यापी रुपमा ८० करोड जनसंख्या पोषणयुक्त खानाबाट टाढा देखिएका छन् ।

संसारभर बर्षेनी १ करोड भोकमरीको चपेटामा पर्ने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । त्यस्तै संसारका झण्डै ९० करोड मानिसका अगाडि भोकमरीको चुनौति छ । नेपालको सन्दर्भमा २०७२ बैशाख १२ गतेको महाविनासकारी भूकम्पले झनै समस्या थपिएको छ ।

सम्बन्धित

Comments are closed.