महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष एवं कान्तिपुरकर्मी पत्रकार भवानी भट्ट सम्मानित भएका छन् । सोमबार कृषि ज्ञान केन्द्रले ४३ औ खाद्य दिवसको अवसरमा उनलाई सम्मानित गरिउको हो । पत्रकार भट्टले खाद्य अधिकार संरक्षण तथा प्रवद्र्धनमा कलम चलाएको भन्दै उच्च कदर सहित प्रमाण पत्रले सम्मानि भएका हुन् ।
उनलाई कार्यक्रमका प्रमुख अतिति जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुुर्गा प्रसाद बोहराले प्रमाण पत्र प्रदान गरी सम्मान गरेका हुन् । पत्रकार भट्टले सम्मानित भएकोमा खुसि व्यक्त गर्दे सम्मान आफ्नो कार्यमा थप हौसला प्रदान गरेको बताए ।
आगामी दिनमा समेत खाद्य अधिकार र अवस्थाको बारेमा कलम चलाउन थप हौसला मिलेको बताए । उनी विगत एक दशक देखि कान्तिपुर पत्रिकामा आबद्व भई विभिन्न क्षेत्रका विषयको उठान गर्ने सन्दर्भमा कलम चलाउदै आएका छन् ।
Comments are closed.