महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका क्षेत्रका नागरिकले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका छन् । वेदकोट नगरपालिका ८ नम्बर वडाका ७० जनाले जमिनको लालपुर्जा पाएका हुन् । मंगलवार एक कार्यक्रमबीच वेदकोट नगरपालिका र राष्ट्रिय भूमि आयोगले जमिन भएका, तर लालपुर्जा नपाएका किसानलाई लालपुर्जा वितरण गरेको हो ।
लालपूर्जा पाएपछि वेदकोट नगरपालिका ८ की शारदा देवी विष्टले आफु विगत २०२५ सालदेखी ऐलानी जमिनमा बसीरहेको उपभोग गरिहेको तर आज लालपूर्जा पाउँदा अत्यन्तै खुशी भएको बताईन् । उनले यो कार्य गर्नमा वडा अध्यक्षले गरेको सराहनिय कार्यको उनले प्रशंसा पनि गरिन, आफु जस्तै जग्गा विहिन भएका दलित गरिबलाई लालपूर्जा उपलब्ध गराएकोमा सबै खुशी भएको उनले बताईन् ।
वर्षदेखी विगतमा आयोगले अव्यवस्थित बसोवासीको हकमा गरेको अधुरो काम राष्ट्रिय भूमि आयोग कञ्चनपुरले पूरा गर्दै उनीहरूलाई लालपुर्जा वितरण गरेको वेदकोट नगरपालिका वडा नम्वर ८ का अध्यक्ष महेस राज जोशीले बताए । ‘विगतका आयोगले केही काम अघि बढाएका थिए,’ उनले भने, ‘अहिलेको आयोगले अघिल्ला आयोगको कामको स्वामित्व ग्रहण गर्दै पुर्जा वितरण गरेको छ ।’ जमिनको मालिक बनाउने कामकाज निरन्तर अघि बढाउने बताए । ‘अहिले यो सुरुवात हो,’ उनले भने, ‘हामीले लालपुर्जा वितरण कार्य निरन्तर अघि बढाउँछौँ ।’
राजनैतिक दलले आफनो घोषणा पत्रमा उल्लेख गरिएको बुँदामा पनि लालपूर्जाहितको जग्गा उपलब्ध गराउँछौ भनेर लेखेको ेअवस्थामा उक्त वाचालाई नै पूरा गरिएको उनले बताए । जो मान्छे वर्षाैदखी जग्गालाई किसानले माया गरेको खनेको छ त्यसको बाट बाली नाली लगाएर आफनो लगायत अन्यको पेट पालेर बचाएको छ तर उसको मालिक भने हुन नपाएको यो अवस्थामा अब आफनो भुमीको आफै मालिक बन्ने अवसर आएको उनले बताए ।
वडा बाट २ सय १३ जनाले फर्म दर्ता भएको र अरुको बिभिन्न समस्या प्रक्रिया नपुगेको अवस्थामा अहिले ७० वटा पूर्जा वितरण गरिने उनले बताए । बाँकी अरुहरु को पनि प्रक्रिया मिलाएर सबैलाई निकट भविश्यमा लालपूर्जा वितरण गरिने उनले बताए । कार्यक्रमका अध्यक्ष नगर प्रमुख भोजराज बोहराले चुनावका बेला जनतालाई लालपुर्जा दिलाउने प्रतिबद्धता जाहेर गरेका थिए ।
उनले नयाँ र पुराना दुवै प्रकृतिका किसानलाई लालपुर्जा वितरण गरेर नगरपालिकाभरी अब कुनैपनि किसानलाई जमिन बिहिन बनाईने छैन ।’ उपप्रमुख तुलसी जोशीले नगरका जनतालाई हामीले जमिनको स्वामित्व हस्तान्तरण गर्दै जमिनाका मालिक बनाउने बताईन् । अब जमिन बिहिन वेदकोटका जनता लालपुर्जाका धनी हुने र आफनो जमिनको मालिक भएर आफनो भुमकिो स्वामित्व ग्रहण गराउने प्रतिबद्धता जाहेर गरिन् ।
साथै यो वडामा अहिले लालपूर्जा नपाएकाहरु छुटेकाहरुलाई प्रक्रिया मिलाएर नियमानुसार चाँडै नै पूर्जा पाउँने व्यवस्था गरिने बताईन् । राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगानाले पालिकाले निकै मेहनत गरेर जनतालाई लालपुर्जा दिलाउन सफल भएको बताए ।
अध्यक्ष ढुंगानाले आयोगले लालपुर्जा वितरणका लागि जिल्लाभरि कामकाज अघि बढिरहेको बताए । ‘जिल्लाका केही अन्य पालिकामा पनि लालपूर्जा वितरण भईरहेको र अन्य पालिकाले पनि वितरण प्रक्रियामा रहेको बताए ।
Comments are closed.