यसरी पुगे इजरायलबाट ७ जना नेपाली भारत हुँदै महेन्द्रनगर

महेन्द्रनगर । इजरायलबाट ७ जना कञ्चनपुरको महेन्द्रनगर आइपुगेका छन् । इजरायलबाट उद्धारमार्फत दिल्ली आएका १८ मध्ये ७ जना गड्डाचौकी नाका हुँदै महेन्द्रनगर आएपुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिएका छन् ।

१४ बर्षदेखि ईजरायलमा कार्यरत टोखा नगरपालिका ८ काठमाण्डौँकी श्वेता गुरुङ्गले मातृभूमि पुगेपछि खुसी व्यक्त गरिन् ।उनले आफु १४ बर्षदेखि ईजरायलको जेरुसेलममा कार्यरत भएको बताउँदै पहिलो पटक ठुलो क्षति भएको अनुभव पोखिन । त्यहाँ बस्न सुरक्षित अनुभव नभएपछि स्वदेश फर्किएको उनले बताईन । दिल्लीस्थित नेपाली दूतावासले उनीहरूलाई सवारी साधनको व्यवस्थासहित घर पठाएको उनले जानकारी दिए ।

बुधवार महेन्द्रनगर आइपुग्नेमा कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौंका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ रहेको एसपी थापाले बताए । महेन्द्रनगर आइपुगेका सबैलाई बुधवार नै घरतर्फ पठाइएको छ । उनीहरुलाई प्रहरीले महाकाली यातायात कम्पनीसंग समन्वय गरेर निश्चित गन्तव्यसम्म पु¥याएको छ ।

मंगलबार बिहान इजरायलको तेलअभिभबाट बिहान ९ बजे भारतीय स्पाईस जेट विमान मार्फत १८ जना नेपालीलाई उद्दार गरेर ल्याईएको र जसमध्ये ७ जना नेपालमा आएको र ३ जना दिल्लीबाट प्लेनमा गएको र बाँकी भारतमा आफन्तको घरमा गएको सुदूरपश्चिमेली समाजका केन्द्रिय सदस्य एवम सुदूरपश्चिमेली समाज दिल्लीका सल्लाहकार बिरबहादुर बोहराले जानकारी दिए ।

कञ्चनपुर प्रहरी प्रमुख थापाले टीकापुर र मोरङ्गका दुई जना युवकलाई महाकाली यातायात कम्पनीको बस मार्फत गन्तव्यमा पठाईएको बताए । अन्य बाँकी ५ काठमाण्डौँका स्थानीयलाई महाकाली यातायात प्रालिको सवारी साधन मार्फत धनगढी एयरपोर्टसम्म पु¥याईएको छ । महाकाली यातायात कम्पनीका अध्यक्ष डम्बर दत्त पन्तले दिल्ली रुपबाट महेन्द्रनगर पुगेका सातै जना नेपालीलाई निश्चित गन्तव्यमा पु¥याईएको बताए ।

प्यालेस्टाईनी हमास समुहले ईजराईलमा आक्र्रमण गरेपछि त्यहाँ रहेका नेपाली नागरिक त्रसित भएर फर्किनेक्रम जारी रहेको छ । दिल्ली पुगेका सातै जना नेपालीलाई दिल्ली स्थित नेपाली दुतबासले सवारी साधन प्रबन्ध गरेर महेन्द्रनगर पु¥याएको थियो । २० असोजमा हमास समुहले इजरायलमाथि हमाल गर्दा सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको निधन भएको थियो ।

भीमदत्त नगरपालिका ३ भाँसी महेन्द्रनगर कञ्चनपुरको विद्यार्थी विपिन जोशी अझैपनि वेपत्ता छन । जोशीलाई हमास समुहले अपहरण गरेको आशंका गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.