समाजसेवी विनय प्रकाश मल्लले दशैँमा भोको नहुन भनेर गरे खाद्यन्न सहयोग

महेन्द्रनगर । समाजसेवी,सफल व्यवसायी एवम डडेल्धुराका तारा युवा मनका ढुकढुकी विनय विनय प्रकाश मल्लले समाजमा पिडामा रहेका विपन्न, दलित, एकल महिला अपाङगहरुलाई साथ र सहयोग गर्दै आएका छन् । उनले पछिल्लो समय डडेल्धुराको आलिताल गाउँपालिकाका पहिरो पीडितलाई राहत उपलब्ध गराएका छन् ।

पहिरोले विस्थापित आलिताल गाउँपालिका–१ माला गाउँ र भोका गाउँका २४ परिवारलाई उनले खाद्यान्न उपलब्ध गराएका हुन् । डडेल्धुराको अमरगढी नगरपालिका–४ खलंगा घरभइ हाल जापन बस्दै आएका मल्लले एक परिवारलाई २५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एक किलो नुनका दरले खाद्यान्न उपलब्ध गराएका छन् ।

डडेल्धुरा जिल्ला भनेको आफनो जन्म भुमी रहेको र आफु हुँदा सम्म कसैले पनि भोको बस्न नपाउँउने रकम अभावले उपचारमा ढिलाई हुन नदिने र कसैको पनि आँखाबाट आँशु आउँन नदिने समाजसेवी मल्लको भनाई रहेको छ । आफुले विदेशमा गरेको दुखले कमाएको केही अंश आफनो जन्म भुमीकोलागी खर्च गर्न पाउनु सहयोग गर्न पाउँनु भनेको आफुलाई गर्व महसुस हुने उनले बताए ।

पहिरोले विस्थापित भएपछि २४ परिवार जंगलमा टेण्ट भित्र बस्दै आएका छन् । नेपालीहरुको मुख्य चाँड दसैंकाका बेला छाक टार्न खाद्यान्न उपलब्ध गराएको उनको भनाइ छ । गत साउन महिनामा पहिरोले गाउँ पुरै छियाछिया भएपछि स्थानीयहरुलाई साउन ८ गतेदेखि जनज्योती आधारभुत विद्यालयमा राखिएको थियो । पछि डडेल्धुराका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले त्यहाँ पुगेर राष्ट्रिय वनमा उनीहलाई बस्न टेण्टको व्यवस्था गरिदिएका थिए ।

विस्थापित परिवारको हाल सम्म पनि स्थाई बसोबासको व्यवस्था हुन सकेको छैन् ।समाजसेवी मल्लले जिल्लामा रहेको पुरातात्विक, ऐतिहासिक पर्यटकिय क्षेत्रका मठमन्दिरहरु निर्माण, मर्मत र मुर्तीहरु स्थापना गरेर सहयोग गरेका छन् । साथै उनले, मन्दिरहरुमा अक्षयकोषको स्थापना पनि गरेका छन् । मल्लको आर्थिक सहयोगमा डडेल्धुराका बिभिन्न सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना पनि भएका छन् ।

सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गरेर ब्याजवाफत प्राप्त हुने रकमबाट अति विपन्न, दलित र जनजाती समुदायका जेहन्दार विद्यार्थीहरुलाई बर्षेनी छात्रवृती प्रदान गरिने भएको छ । समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आएका छन् । डडेल्धुरा जिल्लामा बिभिन्न सामाजिक गतिविधीहरुमा आर्थिक सहयोग चाहिएमा स्थानीयले मल्ललाई सम्झिने गरेका छन् ।

जिल्लामा हालसम्म एक करोड भन्दा बढि रकम आर्थिक सहयोग गरिएको सामाजसेवी विनयप्रकाश मल्ल सहयोग युवा टिमका सदस्य खगेन्द्र ठकुराठीले जानकारी दिएका छन् । समाजसेवी मल्लले जिल्लाको आर्थिक अबस्थामा सुधार ल्याउने उदेश्यले जापानमा काम गर्न निःशुल्क रुपमा भिषा उपलब्ध गराउन पनि सहयोग गरिरहेका छन् ।

जापानी भाषा र सिप सिकाएर जिल्लाका बेरोजगार युवाहरुलाई जापानमा रोजगारीको अवशर प्रदान गर्न सहयोग गरिरहेको र हालसम्म डडेल्धुरा जिल्लाबाट एक दर्जन बढि युवायुवतीहरु निःशुल्क भिसामा जापानमा रोजगारीका लागि पुगिसकेको मल्लले बताए ।

गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र विद्यालय पोशाक समेत उपलब्ध गराउन थालिएको मल्लले बताए । शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्रमुख नारदप्रसाद जोशीले समाजसेवी मल्लको सहयोगका कारण जिल्लाको शैक्षिक गुणस्तर उकास्न टेवा पुगिरहेको बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.