भीनपा १ का वडा अध्यक्ष कुँवर (भुन्टु) ले दशैँमा वृद्धवृद्धाको मुहारमा दिए खुसी

महेन्द्रनगर । जनप्रतिनिधि नहुँदा पनि कञ्चनपुरको महेन्द्रनगर क्षेत्रमा असाहय, विपन्न र साधुसन्तलाई सहयोग गरिरहने भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु) ले ६ वर्षसम्म आफूले पाउने पारिश्रमिक लिएका छैनन् । राजनीतिमा लागेको छोटो समयमै वडाध्यक्षमा निर्वाचित कुँवरले ६ वर्षमा आफूले पाउने सबै पारिश्रमिक समाजसेवामा खर्चिदै आएका छन् ।

वडाध्यक्ष कुँवरले वडाका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिको मनमात्रै जितेनन्, पारिश्रमिक वस्तीमै गएर वितरण गरेपछि उनको चर्चा चुलिएको छ । वडाध्यक्ष हुनुअघि नै चुनावी घोषणाका क्रममा आर्थिक मुनाफालाई बेवास्ता गर्ने घोषणा गरेका कुँवरले ६ वर्षसम्म पारिश्रमिक वापत पाएको १४ लाख ४९ हजार बढी रुपैयाँ वडामै वितरण गरेका छन् ।

वडाध्यक्षले आपुले पाउँने तलब भत्ता बृद्धबृद्धा एवं अपांगता भएका व्यक्तिहरुलाई विगत ६ वर्षदेखी घरमै गएर वितरण गर्दै आएका छन् । बिहिबार वडाध्यक्ष आसेफ कवँर (भुन्टु) ले यो वर्षको पनि आफ्नो तलब भत्ता वडाका बृद्धबृद्धा र पुर्ण अपांगता भएका १ सय ६१ जनालाई वितरण गरेका छन् । नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा वडाध्यक्ष कुवँरले आफ्नो वर्ष भरीको तलब भत्ता प्रत्येक वर्ष वितरण गर्दै आएका छन् ।

भीमदत्त–१ का १ सय ४१ जना बृद्धबृद्धा र २० जना पुर्ण अपांगता भएका व्यक्तिहरुलाई वडाध्यक्ष कुवँरले एक हजार पाँच सय रुपैँयाका दरले वितरण गरेका हुन् । भीमदत्त नगरपालिकाका वर्ष १०० नाघेका वुद्ध गम्भीर सिंह चैसिरले यसरी नै गरिब, दुखी, वृद्धवृद्धाको साथमा रहेर सहयोग गरेर काम गर्न उनले वडाध्यक्ष कुँवरलाई आग्रह गरे, उनले आफु लगायत अन्य वृद्धहरुले दशैँको मुखमा पाएको रकमले आफनो लागी र नातीनातनीका लागी केही लुगा फाटो खरिद गर्ने बताए ।

कतिपय वुद्धवृद्धाले आफनो औषधी उपचारमा उक्त रकम खर्च गर्ने बताए । यस्तो (भुन्टु जस्तो) वडाध्यक्ष सारा नेपालीलले पाउँनु पर्छ सारा देशमा यस्तै वडा अध्यक्ष भयो भने वृद्धवृद्धाले दुख नपाउँउने अर्का वृद्ध कलक बहादुर सिंहले बताए । अब वडा अध्यक्षलाई मन्त्री भएको हेर्ने धोको रहेको उनले बताए । प्रत्येक वर्ष चाँडवाडका बेला भत्ता दिन्छन्, दुःख बिमारमा घरसम्मै समेत पुग्छन् ।

यिनी त मन्त्री हुनु पर्ने व्यक्ति हुन, उनले भने, दशैं तिहारको समयमा आफ्नो तलब भत्ता बाड्नुको अर्थ राख्दै वडाध्यक्ष कुवँरले भने, ‘मेरा वडाबासी आमा–बुबा तथा शारीरिक रुपले असंक्तहरुलाई यो दशैं, तिहार एवं छठ पर्वका बेला अलिकति भएपनि खुसी दिलाउन सके भने, त्यो नै मरो लागि अमूल्य आर्शिवाद र धर्म हुन्छ ।’ वडाध्यक्ष कुवँरले भने,‘०७४ मा पहिलो पटक वडाध्यक्षमा निर्वाचित भए देखि नै मैले प्रत्येक वर्ष तलब भत्ता यसै समयमा बृद्ध आमा बुबाहरुलाई केहि भएपनि राहत पुगोस र चाँडवाड मनाउँन सहज होस भन्ने हिसाबले वितरण गर्दै आएको छँु ।’

भत्ता रकम पाउँने सबैले हर्ष व्यक्त गर्दै वडाध्यक्ष कुवँरलाई आर्शिवाद दिएका छन् । ७० वर्ष माथिका र पुर्ण अपांगता भएकाहरुले भत्ता स्वरुप १५०० रकम बुझेका छन् । बिहिबारको कार्यक्रममा उपस्थित हुन नसकेकाहरुको घरमै गएर वडाध्यक्ष कुवँरले उक्त रकम वितरण गर्ने बताए । “यो कार्यक्रम निरन्तर रहने छ”, कुँवरले भने, “मैले चर्चामा आउनलाई पारिश्रमिक नलिएको होइन ।”

“जनप्रतिनिधि भएर तलव सुविधा पाउँला भनेर निर्वाचनमा होमिएको होइन”, कुँवरले भने, “निःस्वार्थ भावनाले जनताको सेवा गर्नु आफ्नो कर्तव्य ठानेँ।” उनले सेवासुविधा गाउँमै वितरण गर्नुका साथै सडक, तटवन्ध, स्वास्थ्य सेवा विस्तार, शिक्षा, खानेपानीलगायत क्षेत्रमा पनि काम गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.