वेदकोट नगरपालिकामा १ हप्ते प्राथमिक शिक्षा वर्ग तालिम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा प्राथमिक शिक्षा वर्ग तालिम सम्पन्न भएको छ । हिन्दु स्वयमसेवक संघ नेपालले कञ्चनपुरमा १ हप्ते प्राथमिक शिक्षा वर्ग तालिम सम्पन्न गरेको हो । गत शनिबारदेखि बेदकोट नगरपालिका ७ सुडाको घटाल माविमा प्राथमिक शिक्षा वर्ग तालिमको सुरुवात भएको थियो ।

कञ्चनपुरको बेलौरी, दोधाराचादनी, ब्रह्मदेव,बेलडाँडी,रतनपुर, गुलरिया, झलारी, दैजी, सुडा, महेन्द्रनगर बजार ऐरी,बाँसखेडा लगायतका ६७ जना शिक्षार्थीहरुको सहभागिता रहेको हिन्दु स्वयम सेवकका जिल्ला सचिव प्रदिप पालले जानकारी दिए । यो प्रत्येक वर्ष ७ दिनको प्रसिक्षण कार्यक्रमको आयोजना गरिरहेको उनले बताए ।

विजय दशमीको लामो विदाको अवसर मिलाएर बिद्यार्थीहरुको उक्त समयलाई प्रयोग गरी उनिहरुलाई मानसिक, सामाजिक, नैतिक, बौद्धिक विषयमा उनिहरुलाई प्रशिक्षण दिई उनिहरुको चौतर्फी विकास गरी उनिहरुलाई बिभिन्न कला कौशल पनि सिकाई हुने उनले बताए । बिहान ४ बजेदेखी रात्री १० बजेसम्म उनिहरुलाई योग, व्यायम, नैतिक चरित्रवानका विषय, रहनसहन, कला संस्कृती,राष्ट्र राष्ट्रिता, धर्म संस्कृतीको विषयमा शिक्षार्थीहल्रुलाई ज्ञान प्रदान गरिने उनले बताए ।

किशोरी तथा युवाहरुलाई नैतिक शिक्षा दिने उदेश्यले प्राथमिक शिक्षा वर्ग तालिम सम्पन्न गरेको हिन्दु स्वयम सेवकका जिल्ला सचिव पालले बताए । हिन्दु स्वयमसेवक संघ नेपाल राष्ट्रिय सह कार्यबाह हर्केश विष्टले गत शनिरबारदेखि तालिम शुरु गरिएको बताए । शुक्रबार समापन कार्यक्रमका बिशिष्ट अतिथी एवम बेदकोट नगरका कार्यवाहक मेयर तुलसी जोशीले किशोर र युवाहरुलाई कुलतबाट बचाउन तालिम प्रभावकारी रहेको भन्दै भावि दिनमा संचालनमा जोड दिईन ।

धर्मको स्थापनका निमित्त गठित भएको यो कार्यक्रम प्रभावकारी र दिगो रहने आफुले विश्वास लिएको बताईन् । नैतिकवान बनाउने कर्तव्यनिष्ठ बनाउने अभियानमा लागेका हिन्दु स्वयमसेवकलाई आभार प्रकट गरिन् । यो कार्यक्रम प्रत्येक बिद्यालयमा आवस्यक रहेको र नैतिक शिक्षा शारिरीक ब्यायमको माध्यमबाट धर्म रक्षार्थ, संस्कृती रक्षार्थ, सामाजिक न्याय रक्षाका निमित्त उत्पादन सिल युवा जन्माएको प्रती आफु खुशी भएको बताईन् । साथै आगामी दिनहरुमा पनि यो र यस्तै कार्यक्रमको आयोजन ागर्न आफुले सक्दो सहयोग साथ दिने प्रतिवद्धता जाहेर गरिन् ।

अहिले लागु औषधको जालोमा युवा पुस्ता जकडिएको स्थिती रहेको र भोलीको दिनमा प्रत्येक घरमा एकजना लागु औषधमा फसेको युवा भेटिने अवस्थाको सिर्जना नहोला भन्न नसकिने बताईन् । त्यसैले यस्ता सामाजिक परिवर्तन गर्ने खालका कार्यक्रम सकारात्मक परिवर्तन गर्ने खालका कार्यक्रमको खाँचो रहेको उनले बताईन् । प्रशिक्षार्थीहरुले फरक फरक कला प्रस्तुत गरेका थिए ।

वर्गाधिकारी धुव्र बहादुर सिहको अध्यक्षतामा भएको कार्यक्रममा हिन्दुस्वयम सेवक संघका राष्ट्रिय प्रचारक रेबन्त कुमार प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको संचालक हिन्दु स्वयक सेवक सघका युवा अगुवा प्रकास कलौनीले गरेका थिए । कार्यक्रममा हिन्दु स्वयमसेवक संघका नेता कार्यकर्ता प्रशिक्षार्थीका अभिभावक सहभागि भएका थिए । कञ्चनपुरका हिन्दु युवा रदिप पाल, प्रकास कालौनी सहितले प्रशिक्षण दिएका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.