बेदकोटमा चाडपर्व शान्ति सुरक्षा विषयक कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा चाडपर्व शान्ति सुरक्षा विषयक शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । बेदकोट नगरपालिका न्यायिक समितिको आयोजनामा वेदकोट नगरपालिकाको सभा हलमा गरिएको कार्यक्रममा न्यायिक समितिकी संयोजक एवम बेदकोट नगरपालिकाका कार्यवाहक नगर प्रमुख तुलसी जोशीले चाडवार्डका बेला सवारी साधनदेखि मदिरा सेवनबाट हुनसक्ने दुर्घटनाबाट मानविय क्षति रोक्ने उदेश्यकले सचेतनामुलक कार्यक्रम गरिएको बताईन् ।

बडाको हातबाट आर्शिवाद लिएर मनाईने दशैँ पर्वमा सबैले शुखशान्ती तवरले आफनो गच्छ अनुसार मनाउन आग्रह गरिन साथै पछिल्लो समय लागु औषधले समुदायमा जरो गाडेर बसेको भएर लागु औषधको प्रयोगले युवा समुह विकृती तर्फ लागेको समयमा बिभिन्न अपराधिक घटना घटने भएकाले सुख शान्ती अमन चयन कामय गरिदिन उनले प्रमुख जिल्ला अधिकारी संग आग्रह गरिन् ।

साथै प्रहरी सुरक्षा निकायले मात्रै समाजमा शान्ती कायम गर्न नसक्ने भएकाले हामी सबै स्थानियहरुले पनि समाजमा शान्ती कायम गर्न अहम भुमिका खेलिदन उनले बताईन् । उपप्रमुख जोशीले मानिसको सानो त्रृटीगल्तीले ठुलो मानविय तथा भौतिक क्षति हुने भएकाले तिहारलाई मर्यादित रुपमा मनाउनका लागि समेत समयमै सचेतनामुलक कार्यक्रम गरिएको बताईन । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेकी उपमेयर जोशीले विगतका बर्ष भन्दा यस बर्ष फरकशैलीमा कार्यक्रम गरिएको बताईन ।

उनले तिहारका लागि हुनसक्ने सम्भावित सवारी दुर्घटना र मदिरा सेवन, जुवातासका कारण कसैको घर परिवारमा आईपर्ने दुखत घटना टार्नका लागि समयमै जनप्रतिनिधी सहित सरोकारवाला राखेर कार्यक्रम गरिएको बताईन । उपप्रमुख जोशीले बेदकोटमा न्याय समितिले मेलमिलाप केन्द्र निर्माण गरेर स्थानीय विवाद निरुपण गरिरहेको बताईन । उपप्रमुख जोशीले प्रहरी प्रशासनले तिहारका बेला बेदकोट नगरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरणका लागि प्रयास गर्न ध्यानाकर्षण गराएकी छिन ।

कार्यक्रममा बेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले दशौँ तिहारका लागि आवश्यक सचेतना भएर यात्रादेखिका खानपानमा ध्यान दिन आब्हान गरेका छन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले बेदकोटमा न्याय समितिले गरिरहेको कामकाजको प्रसंसा गर्दै दशैँ तिहारका बेला स्थानीय प्रशासनबाट आवश्यक सुरक्षा प्रदान गरिने बताए ।

कहिले काँही सामान्य विषयमा पनि झैझगडा हुने, विवाद हुने भएर समुदायमा सहजताका लागी न्यायिक समितीको व्यवस्था गरिएको बताए । कार्यक्रममा जनप्रतिनिधी, नागरिक समाज, कर्मचारी सहित सरोकारवालाको सहभागिता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.