राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरद्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

महेन्द्रनगर । नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कञ्चनपुरले विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत ११४४ तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रवार पार्टी कार्यालयमा सभाध्यक्ष राष्ट्रिय युवा संघका अध्यक्ष डिबी बिष्ट , प्रमुख अतिथी नेकपा एमालेको पोलिट ब्युरो सदस्य एबम पूर्वमुख्य मन्त्री राजेन्द्र सिंह रावल, अतिथी केन्द्रिय सदस्य नरबहादुर धामी, केन्द्रिय सदस्य कृपा राम राना, केन्द्रिय लेखा आयोगका सचिवालय सदस्य ईश्वरी प्रशाद खरेल, केन्द्रिय सल्लाहकार एवम सुदूरपश्चिम प्रदेश सभा सदस्य हिरासिंह शार्की,कार्यवाहक जिल्ला अध्यक्ष लक्ष्मी बुढा लगायतका नेताहरुले शुभकामना दिएका थिए ।

शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा एमालेका कञ्चनपुर जिल्लाबाट निर्वाचित प्रदेश कमिटीका सदस्यहरुलाई खादा ओडाएर सम्मान पनि गरिएको थियो ।

कार्यक्रम आफनो मन्तव्य राख्दै प्रमुख अतिथी पूर्व मुख्य मन्त्री राजेन्द्र सिह रावलले दशैँ तिहार जस्ता चाडपर्वहरुले एक अर्कालाई सदभावको भावना जागृत गराउने भएकाले यस्ता प्रकारका चाडपर्वहरुको संरक्षण र प्रवद्धनमा लाग्नु पर्नेमा जोड दिए । साथै, युवाहरुले रचनात्मक र अनुकरणिय कार्यहरु गर्न सुझाव दिए ।

सम्बन्धित

Comments are closed.