बली प्रथा उन्मुलन गरिनु पर्ने भन्दै जनचेतना मुलक यात्रा

महेन्द्रनगर । कञ्चनपुरमा रहेको प्रजापिता ब्रह्रमा कुमारी ईश्वरीय विश्व बिधालयले बली प्रथा उन्मुलन गरिनु पर्ने भन्दै जनचेतना मुलक यात्रा निकालेको छ । आईतवार दिउँसो ओम शान्तीको भवनबाट बिभिन्न झाँकी सहित निकालिएको जनचेतना मुलक यात्रा बजर परिक्रमा सहित फेरी भवनमा आएर सम्पन्न भएको थियो ।

हत्या हिंसा बली प्रथा हटाऔँ, सुख शान्तीमय समाज बनाउँ भन्दै यात्राको सुभारम्भ गरिएको थियो । शक्ति पिठ दुर्गा,सरस्वती र लक्ष्मीसहितको बजार परिक्रम पश्चात् प्रतिष्ठा को कार्यक्रमको आयोजना गरिएको महिला मानव अधिकार रक्षक संजालको अध्यक्ष प्रजा पिता ब्रहमकुमारी ईस्वरीय विश्व विद्यालयमा आबद्ध भगवती थापाले जानकारी दिईन् ।

तपाई जस्तो कर्म गर्नुहुन्छ, त्यस्तै फल पाउँनुहुन्छ त्यही भएर कर्म त्यस्तो गर्नूपय्रो जस्तो फल चाहनु हुन्छ उनले भनिन् । दशैँको नाममा जथाभावी बली दिने जनावरहरुको हत्या गरेर चाडपर्व मनाउन नहुने बताईन् ।साथै वेदकोट नगरपालिकाका कार्य वाहक नगर प्रमुख तुलसी जोशीले सबैले मांसहारी भन्दा पनि शाकाहारी हुनु पर्ने बताईन् ।

दशैमा बिभिन्न क्षेत्रमा हुने गरेका बली प्रथाले कसैको हत्या गरेर रमाउने भन्ने भएकाले त्यसको सट्टामा अन्य विकल्पको प्रयोग गरी पूजा आजा गर्न सकिने बताईन् ।

शुभकामना मन्तव्य राख्दै जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराले सबैले साकाहारी हुनुपर्नेमा जोड दिए । मासाहारी हुनुमा स्वास्थ्यलाई पनि हानी हुने र साकाहारीले स्वस्थ्य जिवन जिउँन सहज हुने निरोगी बनाउँने बताए । प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले चाडपर्वका नाममा हुने बलीले निरही पशु चौपायहरुको मनमा दुख लाग्ने देवी वेवताहरुले पनि कहिले पनि हिंसाको पक्षमा नरहेको बताए ।

त्यसैले सबैले साकाहारी जिवनमा ध्यान दिन आग्रह गरे ।सो कार्यक्रममा जिल्ला समन्वय प्रमुख दुर्गा दत्त बोहरा,बेदकोट नगर पालिका कार्यवाहक प्रमुख तुलसी जोशी ,प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी ,सहायक प्रमुख जिल्ला अधिकारी धर्म राज जोशी ,जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कमल थापा पत्रकार, समाजसेवी, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधि, नियमित संस्था का ईश्वरीपरिवारका भाइ बहिनी लगायतहरुको सहभागीता रहेको कार्यक्रममा दशैको शुभकामना आदानप्रदान गरिएको थियोे भने संस्था का संन्चालिका महिमा बैनिले सबैलाई दशै शुभकामना दिनु भएको थियोे ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.