वेदकोट नगरपालिकामा यसरी नाचे सखिया नाच (फोटो फिचर)

महेन्द्रनगर । कञ्चपुरको वेदकोट नगरपालिकामा सोमवार सखिया नाच नाचेर दशैँ आएको गाउँमा चाडपर्व आएको महसुस गराएका छन् । वेदकोट नगरपालिका ७ मन्दिपुरमा रहेका थारु समुदायले नवमीको दिनमा वयस्क महिला, युवतीहरु र साना नानीहरुले सखिया नाच नाचेर आफनो परम्पराको जेगर्ना गरेका छन् ।

वडा सदस्य थारु महिला अगुवा तारादेवी डगाँैराले थारु समुदायले मनाउँदै आएको सखिया नाच पछिल्लो समयमा केही कम हुँदै गएको प्रति चिन्ता व्यक्त गरिन् । उनले भनिन, ‘पहिले एक महिना बढी समय यो नाच नाच्ने गरिन्थ्यो । तर, पछिल्लो समयमा भने दसैँको समयमा मात्रै मनउने गरिएको छ ।’ ‘युवायुवती काम र पढाईका लागि घर बाहिर हुन थाले । त्यसैले उनीहरु सखियाबारे जानकार छैनन् ।

पछिल्लो पुस्ताले सखियालाई बिर्सिँदै गएको उनले बताईन् । पहिले पहिलेका वर्षमा महिनाभरि सखिया नाच नाचिन्थ्यो । यस वर्ष भने दसैँ नजिकिएका बेलामात्र नाचिने गरियो । दसैँ नजिकिँदै जाँदा थारु गाउँमा सखियाको उमङ्ग सुरु भएकोले सखिया नाच नाचिरहेको थारु युवती किरन डगौँराले बताईन् ।

यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बजे त्यति रौकनकता आउँछ । यो नाचका लागि कम्तीमा चार÷पाँचजना मादल बजाउने युवा हुन्छन् । यो नाचमा पछिल्लो समय अरुको कला संस्कृतीहरु भित्रिएकोर अहिले सबैले यो नाच नाच्न नजान्ने गित पनि गाउँन नजान्ने भएर समस्या भएको उनले बताइृन् । २०÷२५ जना सखिया नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया रातो रङको रिबन लगाउने गर्छन् ।

कुल पश्चिम नेपालका थारु समुदायले नाच्ने सखिया नाच प्रति युवा युवतीको आकर्षण वढ्न सकेको छैन् । विभिन्न सांस्कृति कार्यक्रममा देखाईने सखिया नाचमा नाच्ने र बजाउने पाको उमेरकै हुने गरेका छन् । प्रायः पुरुषले मादल बजाउने र युवतीले नाच्ने प्रचलन थारु गाउँमा हुन्छ । रंगीविरंगी थारु पहिरन लगाएर छमछमी नाच्ने सखिया नाचमा नयाँ पुस्ताले वेवास्ता गर्दै आएको छ ।

थारु समुदायको सखिया नाचको आकर्षणले आन्तरिक तथा बाह्य पर्यटकसमेत थारु गाउँबस्तीमा पुग्ने गर्छन् । थारु सांस्कृतिक कार्यक्रमले पर्यटकलाई गाउँबस्तीसम्म तान्ने गर्छ । यसले थारु गाउँको मात्र हैन त्यहाँको जनजीवन नै गौरवान्वित हुने गर्छ । तर ऐतिहासिक महत्व वोकेको सखिया नाच देखाउन नयाँ पुस्ता अग्रसर नभएकोमा थारु समुदायका अगुवा चिन्तित भएका छन् ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.