महेन्द्रनगर । कञ्चनपुरको एक पालिका ९उप प्रमुख०ले आफुले पाएको भत्ताबाट बेसाहरा महिलालाई खाद्यान्न सहयोग गरेकी छिन । बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले आफुले पाएको भत्ताको रकमबाट बेसाहरा महिलालाई खाद्यान्न सहयोग गरेकी हुन ।
दशैँकै मुखमा उपप्रमुख नाथले बेलडाँडीका बेसाहरा एकल महिला नागरिकलाई खाद्यान्न वितरण गरेकी छिन । नवमीकै दिन सोमबार उपप्रमुख नाथले १६ जना एकल महिला, बेसाहरा विपन्न परिवारलाई खाद्यान्न सहयोगी गरेकी हुन । चामल, दाल, नुन तेल र सबैलाई आधा किलोका दरले मासु दिएकी छिन ।
बेलडाँडी गाँउपालिका उप्रमुख शान्ति नाथले आफुले पाएको भत्ताको रकमबाट केही अतिरिक्त समाजिक काम गरेको बताईन ।‘मैले राज्यबाट पाउने केही सुविधाबाट दशैँका बेला बेसाहरा एकल महिलालाई दशैँ मनाउन खाद्यान्न एव मिठो खान मासु वितरण गरेकी हुँ, ‘उनले भनिन, ‘घरमा कमाउने मान्छे नै गुमाएका एकल महिलालाई हामीले दशैैँका बेला अभाव हुन नदिन यो प्रयास गरेकी छु ।’
उपप्रमुख नाथले अहिले चारैतिर दशैँ, तिहारको रौनक रहेको र आफन्त गुमाएका महिलाका लागि दशैँ मनाउन अभाव भएका बेला निजी प्रयासबाट यो काम गरेको उनले बताईन । ‘दशैँका बेला हुनेखानेको घर घरमा रमाईलो हुन्छ, ‘उपप्रमुखले भनिन, ‘जिवन साथी नै गुमाएका महिलाका लागि अझ पिडा हुन्छ, पीडामा मलम लगाउने काम गरेको छु ।’
दशैँ मनाउन चिन्तामा रहेका एकल महिलाले नवमीकै दिन खाद्यान्न सहित मासु पाएपछि खुसी व्यक्त गरेका छन ।
बेलडाँडी १ दोकट्टाकी हिरा सुनारले दशैँकै मुखमा गाँउपालिका उपप्रमुखबाट खाद्यान्न पाईएपछि मनाउन सहज भएको बताईन ।
‘घरमा कमाउने मान्छे छैनन्, दशैँ नजिकिएपछि हामीलाई कसरी मनाउने भन्दा पनि दैनिक छाक टार्न समस्या हुन्छ, ‘उनले भनिन, ‘यतिबेला उपप्रमुखले हाम्रा पीडा देखेर खाद्यान्न सहयोग गरेकी छिन ।’
बेलडाँडी २ क्याप्पकी गगन सुनारले दशैँकै मुखमा उपप्रमुखले खाद्यान्न सहितको मासु दिएपछि दशैँ मनाउन सहज भएको बताईन । ‘मेरो त घरमा कमाउने कोही छैन, ‘उनले भनिन, ‘दशैँ आएपछि के खाने चिन्ता थियो, अहिले खाद्यान्न पाईएपछि हटेको छ ।’
यसरी बेसाहरा एकल महिलाले उपप्रमुख शान्ति नाथबाट खाद्यान्न पाईएपछि अभाव प्रकट गरेका छन । उनीहरुले जनताका वास्तविक चुलो चौकोका पीडा बुझ्ने यस्तै जनप्रतिनिधीको खाचो रहेको औलाएका छन । खाद्यान्न वितरण कार्यक्रममा वडाध्यक्ष सदस्य रत्ना विक, मुगुका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र ओखेडा, नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्द, समाजसेवी जय बहादुर कुँवर सहितको सहभागिता रहेको थियो ।
उपप्रमुखले व्यक्तिगत आफुले पाएको सेवा सुविधाबाट बेसाहरा एकल महिलाको पीडामा मलम लगाउने काम गरेको भन्दै उक्त कामको प्रसंसा गरिएको छ । यसका साथै उपप्रमुख शान्ति नाथले हरेक बर्ष बेलडाँडी गाँउपालिका २ कालिका मन्दिरमा लाग्दै आएको नवमी मेला अवलोलनका लागि सहजता बनाईने बताईन । उपप्रमुख नाथले दर्शनार्थीका लागि सडकमा धुलो नियन्त्रणका लागि पानी छर्किनेदेखि हेल्पडेस्प लगायतका प्रर्बद्धनका कार्यक्तम गरिने बताईन ।