महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा पावर टिलर र मिनी पावर टिलर वितरण गरेको छ । स्थानिय किसानहरुले उक्त मेसिन पाएपछि खुसी भएको र अब अँझ बढी उत्पादन गरी आम्दानी बढाउने बताएका छन् ।
कृष्णपुर नगरपालिका ४ का नवराज ओझाले आफनो ४ विगाह जमिनमा चैते धानको खेती गर्दै आएका छन् । फागुन र चैत्रमा लगाउने धान जेष्ठ सम्म काटनलाई तयार हुन्छन, आफनो जमिन खल्लामा भएको र पहिले देखी चैते धान लगाउँदै आएको उनले बताए । कृष्णपुर नगरपालिकाले गरेको सहयोगले आफुले राम्रो उत्पादन गरेको र काम गर्न पनि सहज भएको बताए ।
उनले वितरण गरिएका पावर टिलरबाट पानी तान्ने, ढुवानी गर्ने, जोत्ने, धान काट्ने गहुँ काट्ने काम गर्न सकिने बताए । कृष्णपुर नगरपालिकामा तरकारी खेतीका लागी सुदूरपश्चिममा पहिलो वडा नम्वर ६ बालुवाफाँटा र ७ को शान्तीपुर तरकारीको हब एवम पकेट क्षेत्र नै रहेको छ । मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर किसानहरुले मनग्य आम्दानी पनि गरेका छन् ।
कृष्णपुर नगरपालिका वडा नम्वर ७ का किसान राम बहादुर चौधरीले समुह बनाएर १५ विगाहा भन्दा बढी जमिनमा ब्यवसायिक तरकारी खेती गर्दै आएको उनले बताए । वार्षिक तरकारी खेतीबाट ८ देखी १० लाखको आम्दानी गरेको उनले बताए । एकता कृषक समुहमा आफु लगायत अन्य ३० जना समुहमा आवद्ध भएर तरकारी उत्पादन गरेको उनले बताए । कृष्णपुर नगरपालिकाले गरेको सहयोगले सहज भएको उनले बताए ।
अहिले गोरु बाट खनजोत गर्ने परम्परा हराएको र छिटो र सहज तवरले पावर टिलर र मिनी पावर टिलरले काम गर्न सहज हुने भएपछि पालिकाले गरेको सहयोग प्रती आभार व्यक्त गरे । पालिकाले चैत्रमा एक सुचना निकालेर कृषी फर्म, कृषी सहकारी, कृषक समहुलाई प्राथमिकतामा र।ाखेर आवेदन माग गरेको थियो ।
दलित किसान लाई पहिलो प्राथमिकतामा राखेर निकालिएको सुचनामा जनजाती, महिला कृषी समुह सहकारी अन्यलाई पनि ५० प्रतिशत अनुदानमा पावर टिलर र मिनी पावर टिलर वितरण गरेको छ । विषेस गरेर २ वर्ष सम्म कुनै पनि कार्यक्रम नपाएको कृषी समुहलाई प्राथमिकतामा राखेर ५० प्रतिशत अनुदानमा पावर टिलर र मिनी पावर टिलर वितरण गरिएको कृषि शाखा प्रमुख लालबहादुर धामीले बताए ।
नगरप्रमुख हेमराज ओझाले किसानहरूलाई ५१ वटा पावर टिलर र २३ वटा मिनी पावर टिलर वितरण गरेका हुन । उक्त पावर टिलर र मिनी पावर टिलर गत आर्थिक बर्षको कार्यक्रम अन्तरगत वितरण गरिएको कृषि शाखा प्रमुख लालबहादुर धामीले बताए । उनले गत आर्थिक बर्षको कार्यक्रममा ६९ वटा पावर टिलर र ४६ वटा मिनी पावर टिलर वितरण गर्ने कार्यक्रम अन्तरगत ५१ वटा पावर टिलर र २३ वटा मिनी पावर टिलर वितरण गरिएको बताए ।
जसमा ५० प्रतिशत नगरपालिकाको र ५० प्रतिशत किसानको लगानी रहेको छ । बाँकी पावर टिलर र मिनी पावर टिलर सामुदायिक वन सँगको साझेदारीमा वितरण गरिएको कृषि शाखा प्रमुख धामीले बताए । ‘सामुदायिक वन संगको साझेदारीमा १८ वटा पावर टिलर र २३ वटा मिनी पावर टिलर वितरण गरिएको छ ।’ उनले भने ‘जसमा सामुदायिक वनको २५ प्रतिशत, नगरपालिकाको २५ प्रतिशत र किसानको ५० प्रतिशत लगानी साझेदारी रहेको थियो ।’ उनले पावर टिलर १ लाख ७४ हजार ५ सय र मिनी पावर टिलर ५३ हजार ५ सयमा नगरपालिकालाई ठेकेदारले उपलब्ध गराएको बताए ।
नगरप्रमुख हेमराज ओझाले गत बर्ष नै पावर टिलर र मिनी पावर टिलर वितरण गर्ने योजना भएपनि ठेकेदारले गत आर्थिक वर्षको असार मसान्त सम्म कृषि औजार उपलब्ध गराउन नसकेपछि वितरणमा ढिलाई भएको बताए । उनले गरिखाने किसानले सेवा पाउनु पर्छ भन्ने ध्येयका साथ कृषि औजार किसानलाई वितरण गरिएको बताए । उनले वितरण गरिएका पावर टिलर र मिनी पावर टिलरको ५ वर्ष सम्म सही सदुपयोग भएको सुनिश्चितता गराउन समेत अनुगमन गरिने बताए ।