महेन्द्रनगर । कञ्चनपुरमा कार्तिक ११ गतेबाट रामलिला महोत्सवको आयोजना हुने भएको छ । महेन्द्रनगरमा रहेको खुल्ला मञ्चमा रामलिला महोत्सवको आयोजना हुने भएको हो । विहिवार पत्रकार सम्मेलन गर्दै रामलिला समितीले विगतका वर्ष झै यो वर्ष नवौ रामलिलाको आयोजना गरिने जानकारी दिएको छ ।
कार्तिक ११ गते कोजाग्रतको साँझ ७ बजेदेखी रामलिलाको सुरुवात गरिने रामलिला समितीका अध्यक्ष समरजंगबहादुर चन्दले जानकारी दिएका छन् । २०७२ निरन्तर रुपमा कोरोना कालबाहेक अन्य वर्ष निरन्तर संचालनमा ल्याएको उनले बताए । ३८ वर्षदेखी बन्द रहेको रामलिलालाई हस्ताक्षर अभियानबाट संचालनमा ल्याईएको र जनजनमा चरित्रवान, नैतिकवान, आर्दशवान निर्माण गर्न सबैमा रामको वास गराउन यसको आयोजना गरिएको अध्यक्ष चन्दले बताए ।
पुरुषोत्तम भगवान रामचन्द्र जस्तै चारित्रिक समाजको परिकल्पना अनुरुप महोत्सव आयोजना गरिएको बताए । अध्यक्ष चन्दले पछिल्ला दिनहरुमा समाजमा विकृती बिङगती बढिरहेका बेला आर्दश रामको चरित्र जस्तै समाज बनाउने उदेश्य रहेको बताए । साना बालबालिकाामा धर्म संस्कृतीको जेगर्ना गरिनु, आचरण मर्यादाको स्थापना गराउन, पनि यो रामलिलाको आयोजना गरिने उनले बताए ।
जब राम बनबास जाँदा आफनो जन्म भुमीे माटो लगेर गएको अवस्थामा अहिले सबै युवा पुस्ताहरु पलायन भएर देशमा कोही पनि नभएको र रामराज्यमा भएको कल्पनालाई लागु गरिनु पर्ने बताए । अहिले आफुहरुलाई आर्थिक लगायत सामग्रीहरुको पनि अभाव रहेको अवस्थामा पनि रामलिलाको आयोजना गरिरहेको उनले बताए । विगत ९ वर्षदेखी पुराना बाजाहरु अहिले आफुहरुसंग उपलब्ध रहेको ति बाजाहरुको प्रयोग गरेर भएर पनि रामलिला महोत्सवको अयोजना गरिने उनले बताए ।
सुदूरको परापुर्वकालदेखि चल्दै आएको लोक संस्कृती संस्कारका साथै धार्मिक पर्यटकिय क्षेत्रको विकासका लागि रामलिला संचालन हुन लागेको उनले बताए । समाजलाई आर्दश रामजस्तै बन्न प्रेरित गर्न र हिन्दुत्व जर्गेनाका लागि रामलिलाले योगदान पु¥याउने चन्दले बताए ।
‘आर्दश रामको जिवन चरित्रमा उर्तानका लागि पनि रामलिलाको महत्वपूर्ण योगदान हुन्छ ।’ उनले भने ‘राम्रोसंग गहन रुपमा रामलिला अवलोकन गर्नुपर्छ ।’ कञ्चनपुर रामलिला समितिका महासचिव नरेन्द्र प्रशाद जोशीले धर्म संस्कार संरक्षणका साथै मानिसलाई आर्दशवान बनाउनका लागि महोत्सव आयोजना गरिएको बताए । महासचिव जोशीले नयाँ पुस्तामा समाजिक सद्भाव, कर्तव्य बोध गराउन रामलिला महोत्सव मार्ग दर्शन हुने बताए ।