एमाले कञ्चनपुरको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ । शनिबार जिल्ला पाटी कार्यालयमा एमाले कञ्चनपुरले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्तम गरेको हो । एमाले कञ्चनपुरका उपसचिव कर्ण बहादुर चन्दले विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठको पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको बताए ।

कार्यक्रममा एमाले नेता कार्यकर्ताहरुले विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठको पर्वलाई समाजिक विकाससंग जोडेर अघि बढ्नुपर्नेमा जोडदिए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेकपा एमालेका पाटी सचिव, कर्णाली प्रदेशका इन्चार्ज एव पुर्वमन्त्री लेखराज भट्टले दशैँ, तिहार एव छठको अवसर पारेर आपसी तिक्तता हटाउन समेत आब्हान गरेका छन् ।

नेकपा एमालेका पाटी सचिव लेखराज भट्टले पाटीभित्र देखिएको अन्तरद्वन्द्व हटाउन सिस्नुपानी दलेपनि उस्तै रहेको औल्याएका छन् । शनिबार एमाले कञ्चनपुरको आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पाटी सचिव भट्टले पाटीभित्र नेता कार्यकर्ताहरुविच देखिएको अन्तरद्वन्द्व हटाउन सिस्नुपानी दलेपनि उस्तै रहेको औल्याएका हुन् ।

‘हामीभित्रको अन्तरद्वन्द्व हटाउन गएको बैशाख १ गते धनगढीमा पाटी उपाध्यक्ष विष्णू पौडेल ज्यूकै उपस्थितिमा हामीभित्र रहेको विष हटाउन सिस्नुपानी दलेका थियौँ, ‘उनले भने, ‘उता हामी सिस्नुपानी दलेर एक आपसमा विष हटाउने काम ग¥यौँ, यतातिर पाटीलाई रणभूमि बनाईरहेका छौँ ।’

अझैपनि पाटीभित्र नयाँ पुराना नेता कार्यकर्ताविच विभेद देखिएका हटाउनुको विकल्प नभएको समेत औल्याएका छन । एमाले कर्णालीका इन्चार्ज समेत रहेका पाटी सचिव भट्टले दुर्गम प्रदेशका इन्चार्जलाई सुगम प्रदेशको जिल्लाले प्रमुख अतिथि बनाईदिनुभएको धन्यवाद प्रूकट गरेका छन् ।

पुर्वमन्त्री समेत रहेका भट्टले उत्पादनका काममा जुट्न आब्हान गरेका छन् । दशैँ, तिहार एव छठको अवसर पारेर आपसी तिक्तता हटाउन समेत आब्हान गरेका छन् ।

सम्बन्धित

Comments are closed.