महेन्द्रनगर । कञ्चनपुरमा जेष्ठ नागरिकहरुले कोजाग्रतको दिनमा जमरा टिका लगाएर शुभकामना आदान प्रदान गर्दै दशैँ मनाएका छन् । जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुर शाखाले करिब ७० बढी जेष्ठ नागरिकहरु संग जमरा टिका लगाएर कोजाग्रतका दिन दशैँ तथा तिहारकोे शुभकामना आदान प्रदान सम्पन्न गरेको हो ।
उक्त कार्यक्रमको सभाध्यक्षमा केन्द्रिय उपाध्यक्ष एवम सुदूरपश्चिम प्रदेश ईन्चार्ज गंगाराम गिरी रहेका थिए भने प्रमुख अतिथीमा प्रदेश कमिटी सदस्य नन्दा धामी, बिशिष्ट अतिथीमा केन्द्रिय सदस्य गोविन्द सिंह विष्ट, केन्द्रिय सदस्य बिरेन्द्र सिंह भण्डारी, कृष्ण राज जोशी रहेका थिए ।
आफनो मन्तव्य राख्दै केन्द्रिय उपाध्यक्ष एवम सुदूरपश्चिम प्रदेश ईन्चार्ज गंगाराम गिरीले यो दशैँले सबैमा सदभाव ल्याएको र सबैमा खुश िछाएको आफुले महसुस गरेको बताए । साथै सरकारले पनि यो दशैँमा सबै जेष्ठ नागरिकहरुलाइृ समयमै सामाजिक सुरक्षा भत्ता वितरण गरिदिएको भए यो दशैँ सोचे भन्दा पनि राम्रो हुने थियो , तर समयमा भत्ता उपलब्ध गराउनँ नस्कदा कतिपय जेष्ठ नागरिकलाई दशैँ खल्लो भएको बताए ।
यसरी जमघट भएर आज जमरा टिका लगाएर ठुलाले आर्शिवाद दिएर मनाएको यो शुभकामना आदान प्रदान कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिन उनले सबै सहभागीहरुमा आग्रह गरे ।
Comments are closed.