निशुल्क ड्रागनको विरुवा वितरण गर्ने पत्रकार धामी ओझेलमा

महेन्द्रनगर । कञ्चनपुरका पत्रकार एंवम कौसिबारीका अभियन्ता धन सिह धामीले ड्रागनफलको बिरुवा निशुल्क वितरण गरेका छन । भीमदत्त नगरपालिका –४ महेन्द्रनगर आफ्नै निवासको कौसीबारीमा ड्रागनफल उत्पादन गरेर उदाहरणीय काम गरेका धामीले ड्रागनफलको बिरुवा निशुल्क वितरण गरेका हुन ।

शनिबार भीमदत्त नगरपालिका १६ मझगाँउमा रहेको रत्न कृषि बहुउद्देश्यीय सहकारी संस्था लि। सहकारीलाई एक सय भन्दा बढि बिरुवा वितरण गरेका छन । धामीले सहकारीका अध्यक्ष दशरथ धानुकलाई १ सय २५ बिरुवा निशुल्क हस्तान्तरण गरेका छन ।

कृषि क्षेत्रमा सानै कौसिबारीबाट भए पनि कृषि क्रान्तिमा युवाहरुको भुमिका हुनुपर्छ भन्ने हेतुले युवाहरुलाई प्रेरित गर्दै कृषक प्रोत्साहन अभियानमा लामो समय देखि लागेका धामीले आफ्नो बारीमा लगाएका विभिन्न तरकारी,फलफुलका विरुवा निशुल्क रुपमा दिदै आईरहेका छन ।

कौसीबारीका अभियन्ता धामीले भीमदत्तनगर पुरानो बसपार्कबाट कौसिबारीमा लगाएका बिउँ बितरण कार्यक्रम सञ्चालन गर्दै आईरहेका छन भने पछिल्लो पटक उक्त सहकारीलाई शितलचिनीको बिउँ पनि विरण गरेका थिए । उनले कृषिमा आत्मनिर्भर बन्न सके भारतबाट आयात हुने बिषदी तरकारी, फलफुल रोक अभियान सफल हुने छ भन्ने अभिप्रायले उक्त अभियानको शुरुवात गरेको बताउछन ।

कौसी कृषि क्रान्ति अभियन्ता धामीले अहिलेसम्म कसैको अनुदान नपाएर नै आफ्नो कार्य निरन्तर जारी रहेको बताउदै आउदा दिनमा पनि थप उत्साहको साथ कार्यलाई निरन्तरता दिने बताएका छन । अधिकाँसले कृषिखेतीका नाममा तीनै सरकारबाट अनुदान लिने खाने प्रवृतिले यस्ता गरिखाने युवा किसान अभियन्ता ओझेलमा पर्दै आएका छन ।

सम्बन्धित

Comments are closed.