प्रदेश प्रमुख देवराज जोशी : रामलिलाबाट मर्यादा पूरुष रामको चरित्रबाट पाठ सिक्न जरुरी

महेन्द्रनगर । कञ्चनपुरमा शनिवारदेखी सुरु भएको रामलिला महोत्सवबाट मर्यादा पूरुष रामको चरित्रबाट पाठ सिक्नु पर्ने सहभागीहरुले बताएका छन् । शनिवार महेन्द्रनगरको खुल्ला मञ्चमा आयोजना गरिएको उदघाटन कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशीले अहिले बिभिन्न क्षेत्रमा रामलिला महोत्सवको आयोजना भईरहेको र सबैले उक्त महोत्सवबाट चरित्र निर्माण धर्म, संस्कृतीको पहिचान गरी आफनो जिवनमा लागु गरिनु पर्ने बताए ।

अहिलेको यो स्वार्थले भरिएको दुनियामा रामलिलाले राम्रो सन्देश प्रवाह गर्ने बताए । आफनो राज्याभिषेकको दिन १४ वर्षको लागी बनवाश जानु परेको र आफनो पिताको आज्ञाको मानमर्यादा राखेर मर्यादा पूरुष रामले चरित्र देखाएर बनबास गएर आफनो जिवन निर्वाह गरेको बताए ।

रामलिलाले सबै चरित्रको ब्याख्या गरे बमोजिम हामीले उक्त रामलिलाबाट आफनो जिवनमा सकारात्मक शिक्षा अबलम्बन गरिनुपर्ने प्रदेश प्रमुख देवराज जोशीले बताए । कार्तिक ११ गते कोजाग्रतको साँझ ७ बजेदेखी रामलिलाको सुरुवात भएको छ । २०७२ निरन्तर रुपमा कोरोना कालबाहेक अन्य वर्ष निरन्तर संचालनमा ल्याएको रामलिला समितीका अध्यक्ष समरजंगबहादुर चन्दले जानकारी दिएका छन् ।

 

३८ वर्षदेखी बन्द रहेको रामलिलालाई हस्ताक्षर अभियानबाट संचालनमा ल्याईएको र जनजनमा चरित्रवान, नैतिकवान, आर्दशवान निर्माण गर्न सबैमा रामको वास गराउन यसको आयोजना गरिएको अध्यक्ष चन्दले बताए । पुरुषोत्तम भगवान रामचन्द्र जस्तै चारित्रिक समाजको परिकल्पना अनुरुप महोत्सव आयोजना गरिएको बताए । अध्यक्ष चन्दले पछिल्ला दिनहरुमा समाजमा विकृती बिङगती बढिरहेका बेला आर्दश रामको चरित्र जस्तै समाज बनाउने उदेश्य रहेको बताए ।

साना बालबालिकाामा धर्म संस्कृतीको जेगर्ना गरिनु, आचरण मर्यादाको स्थापना गराउन, पनि यो रामलिलाको आयोजना गरिने उनले बताए । अहिले आफुहरुलाई आर्थिक लगायत सामग्रीहरुको पनि अभाव रहेको अवस्थामा पनि रामलिलाको आयोजना गरिरहेको उनले बताए । विगत ९ वर्षदेखी पुराना बाजाहरु अहिले आफुहरुसंग उपलब्ध रहेको ति बाजाहरुको प्रयोग गरेर भएर पनि रामलिला महोत्सवको अयोजना गरिने उनले बताए ।

सुदूरको परापुर्वकालदेखि चल्दै आएको लोक संस्कृती संस्कारका साथै धार्मिक पर्यटकिय क्षेत्रको विकासका लागि रामलिला संचालन हुन लागेको उनले बताए । समाजलाई आर्दश रामजस्तै बन्न प्रेरित गर्न र हिन्दुत्व जर्गेनाका लागि रामलिलाले योगदान पु¥याउने चन्दले बताए ।

‘आर्दश रामको जिवन चरित्रमा उर्तानका लागि पनि रामलिलाको महत्वपूर्ण योगदान हुन्छ ।’ उनले भने ‘राम्रोसंग गहन रुपमा रामलिला अवलोकन गर्नुपर्छ ।’ कञ्चनपुर रामलिला समितिका महासचिव नरेन्द्र प्रशाद जोशीले धर्म संस्कार संरक्षणका साथै मानिसलाई आर्दशवान बनाउनका लागि महोत्सव आयोजना गरिएको बताए । महासचिव जोशीले नयाँ पुस्तामा समाजिक सद्भाव, कर्तव्य बोध गराउन रामलिला महोत्सव मार्ग दर्शन हुने बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.