महेन्द्रनगर । कञ्चनपुरमा गौ सेवा अक्षयकोष निर्माणार्थ संकलन गरिएको कवाडको रकम हिनामिना नभएको हरीशरण महाराजले दावी गरेका छन् । गत वर्षदेखी गौ सेवा अक्षयकोष निर्माणार्थ कृष्ण जन्माष्टमीदेखी घरदैलो कार्यक्रम गरेर कवाड जन्य पुराना फलाम, प्लाष्टीक, कापी किताव, गत्ताहरु संकलन गरेर विक्री गरिएको भएपनि उक्त रकमहरुको हिशाव सबै खातामा लेखेर राखिएको उनले बताए ।
विक्री भएको रकम आम्दानी खर्च सबै पारदर्शी रुपमा लिखित रुपमा राखिएको उनले बताए । फोहोरलाई मोहर बनाउने उदेश्यले नै यो अभियानको सुरुवात गरिएको भएपनि बिभिन्न संचारमा माध्यममा रकम हिनामिना गरेको भन्ने समाचार आएको विषय मा आफनो समिती र आफु स्वयमले एक रुपैँया पनि हिनामिना गरेको भए सजाय भोग्न तयार रहेको हरिशरण महाराजको भनाई रहेको छ ।
बिभिन्न क्षेत्रमा आयोजना गरिएको महायज्ञमा अफाुले पाएको दक्षिणा पनि यसै गौ सेवा अक्षयकोषमा राखेको उनले जानकारी दिए । आफुले पाएको दक्षिणा पनि यसै कोषमा जम्मा गरेको मैले कसरी रकम हिनामिना गरौँला उनले भने, विषेस गरेर गौ सेवा अक्षयकोष भनेको जसले १० भन्दा बढी गौ मातालाई पालेको हुन्छ ति व्यक्तीलाई यो जम्मा भएको रकमबाट उठेको व्याजले गौमातालाई पालन पोषणमा सहजता होस भनेर यो कार्य को सुरुवात गरिएको उनले बताए ।
अहिले गौशाला भन्दा बढी बाहिर नै गौमाता हरु सुरक्षित रहेको तर गौशालामा गौमातालाई पाल्नका लागी चुनौती रहेको भएर दैनिक गौमाताहरु मृत्युवरण गरिरहेको बताए । गत वर्ष आफुहरुले संकलन गरेको कवाडबाट ४८ हजार बराबरको विक्री गरेको र नगद ६० हजार दान पात्रमा आएको उनले बताए ।
भीमदत्त नगरपालिका–१३ स्थित शुक्लाफाँटा निकुञ्जको मध्यवर्ति क्षेत्रमा गौशाला बनाउन खोजेको भएपनि अझैं जग्गा प्राप्ति हुन नसकेको उनले जानकारी दिए । रकमहरु एक सहकारीमा खाता खोलेर जम्मा गरिएको र ३ लाखमा कवाड संकलन गर्नका लागी एउटा भ्यान खरिद गरिएको उनले बताए ।
अहिले जम्मा भएका कवाडहरु महेन्द्रनगर माध्यमिक विद्यालयमा सुरक्षित राखिएको र ती कवाडहरुको मुल्य बजारमा कम भएकाले विक्री नगरीएको हरीशरण महाराजले बताए । यो महिना भित्रै सबै कवाडहरु विक्री गरेर सार्वजनिक रुपमा सबै आयव्यय प्रस्तुत गरिने उनले जानकारी दिए ।