कञ्चनपुरमा ८ जना जुवाडे पक्राउ (नामसहित)

महेन्द्रनगर । चाडपर्व नजिकिए संगै गाँउघरमा जुवा तास खेल्नेको बिगबिगी बढेको पाईएको छ । जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ । कञ्चनपुर र कैलालीमा जुवातास खेल्ने र खेलाउने समुहको बिगबिगी नै देखिएको छ । यस वर्षको महान चाड बडा दशैं सुरु भएयता कानुनले अपराध मानेको जुवातास खेल्ने र खेलाउने समुह सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा सक्रिय देखिएको प्रहरकिो तथ्याङकले देखाएको छ ।

दुबै जिल्लामा कार्यरत प्रहरीले दुई दिनको अवधिमा २० जना जुवाडेलाई जुवाखालबाटै नगदसहित पक्राउ गरेको छ । आइतबार राति मात्र कञ्चनपुरको हल्दुखालबाट ८ जना जुवाडे जुवाखालबाटै पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–७ हल्दुखाल स्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

पदम थापा, पारस भट्ट, सञ्जय विष्ट, भक्तबहादुर धामी, जयबहादुर बोहरा, किसी ठाकुर डम्बर कुँवर र नरेन्द्र पाण्डे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास, मोटरसाइकल ६ थान र स्कुटी १ थानसहित उनीहरूलाई पक्राउ गरेको बताएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई एक लाख १४ हजार एक सय १० रुपैँया नगद, एक गड्डी तास, मोटरसाइकल ६ थान र स्कुटी एक थानसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश डाँगीले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.