महेन्द्रनगरका सडक क्षेत्र आसपासका नाली धराप बन्दै

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रका सडकमा आवत जावत गर्दा दुर्घटनाको जोखीम बढेको छ । भीमदत्त नगरपालिका सडक क्षेत्र आसपासमा राखिएका नालीका स्ल्यापका कारण सर्वसाधारणलाई दुर्घटनाको जोखीम बढाएको हो । मर्मत भैसकेका सडकहरुको दाँया र बायाँ रहेका कतिपय सडक नालीमाथी स्लाप तथा नालीका ढक्कन नराखेको र राखिएका पनि नाली भन्दा बाहिर रहेका कारण समस्या भएको पाईएको हो ।

सडक नालीमाथी स्लाप तथा ढक्कन नराख्दा साँझ र राती आवत जावत गर्ने तथा बिहान मोर्निङ् वाक गर्नेहरु लड्ने अवस्था सिर्जना भएको पाईएको स्थानियले गुनाशो गरेका छन् । गत शनिवार बेलुकी एकजना वृद्ध नालीमा लडेपछि घाईतेको भएको भीमदत्त नगरपालिका ४ बजारका स्थानिय प्रकाश पाण्डेयले बताए । सुकासालका वृद्ध भीम बाटिका नजिकै रहेको नालीको स्ल्याप ढक्कन निस्कीएको र खुट्टा त्यसमा छिरेपछि राती लडेर उनको नाक र मुखमा चोट लागेको उनले बताए ।

यसरी बालबच्चाहरु सिधै नालीमा खसेर ज्यानै जाने जोखीम भएको भन्दै नगरपालीकाले ध्यान दिनुुपर्ने बताए । बजारमा नाली निर्माण भएका क्षेत्रहरुमा यस्तै समस्या रहेको पाईएको छ । यस्तै सालघारीका पदम दमाईले पनी सडक क्षेत्रमा सयौं धरापहरु बनेको बताए । बिहान मर्निङवाक जाँदा लडिने तथा हात खुट्टा भाँचिने समस्या हुन्छ उनले भने, बाटोभरी यस्ता सयौं धरापहरु छन,राम्ररी हिँड्न उनले सर्वसाधारणलाई आग्रह गरे ।

सम्बंधित निकायले छिटो भन्दा छिटो ध्यान दिन उनको भनाई छ । यस्ता धरापहरुले सर्वसाधारणको ज्यान लिने भन्दै नगरपालीकाले ध्यान दिनुपर्ने बताएका छन् । यता भीमदत्त नगरपालिकाका नगर प्रवक्ता एवम वडा नम्वर ६ का वडा अध्यक्ष महेन्द्र खडकाले अहिले पनि एडिबीको निर्माण को कार्य सम्पन्न नभएको अवस्थामा नाली माथी त्यस्तो समस्या भएको हुन सक्ने बताए ।

सो बिषयमा नाली निर्माण गरिरहेको कम्पनीलाई जानकारी गराई बजार क्षेत्रमा रहेका त्यस्ता नालीको पहिचान गरी सबै ढक्कन मर्मत गर्ने मिलाएर राख्ने बताए ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.