बेलौरीमा एनएमबी बैंकको एटीएम सेवा शुरु

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी बजारमा रहेको एनएमबी बैंकले एटीएम सेवा शुरु गरेको छ । बैंकले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त सेवा शुरु गरेको हो । विगत लामो समयदेखि स्थानीयलाई सेवा दिदै आइरहेको उक्त बैंकले आफ्नो सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन एटीएम सेवा शुरु गरिएको बैंकका शाखा प्रबन्धक रवीन्द्र चन्दले बताए ।

उनले झण्डै सात हजार सेवाग्राही रहेको यस बैंकबाट सस्तो सुलभ व्याजदरमा ऋण प्रभाव भइरहेको समेत जनाएका छन् । बेलौरी नगरप्रमुख पोतीलाल चौधरीको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको एटीएम सेवावाट ग्राहक लाभान्वित हुने विश्वास गरिएको छ । एनएनबी बैंकको नियमित सेवालाई नगरप्रमुख चौधरीले प्रशंसा गर्दै भने ूडिजिटल युगमा एटीएम मेशिन सेवाग्राहीका लागि सहज हुनेछ ।

साथै बैंकले ऋणमा झन्झटिलो बाटो नअपनाई सजिलै सेवा प्रदान गर्न सुझाव समेत व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्टले एनएमबी बैंकको सेवा अरु बैंक भन्दा राम्रो छिटोछरितो र विश्वासिलो भएको जिकिर गरे । अध्यक्ष बिष्टले आफू यस बैंकको नियमित ग्राहक भएको बताउदैं एटीएम बाट रकम झिकेर मेशिनको उद्घाटन गरेको बताए ।

भने एनएमबी बैंक सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख श्याम अधिकारीले एनएमबी बैंक अरु भन्दा फरक र सस्तो व्याजदरमा सेवा दिदै आइरहेको नेपाल राष्ट्र बैंकबाट ुकु वर्गको इजाजत प्राप्त बैंक रहेको बताए । प्रदेश प्रमुख अधिकारीले यस बैंकका सेवाग्राहीले एटीएम कार्ड प्रयोग गरे प्रभावकारी सेवा संगै बुद्ध एयरलाइन्सको हवाई सेवामा सहुलियत रहेको जनाएका छन् ।

उनले खाता खोल्न होस् या छिटोछरितो सेवा सुविधाका लागि नागरिकलाई नजिकैको एनएमबी बैंकमा सम्पर्क राख्न अपिल गरेका छन् । ०६५ सालमा स्थापित एनएमबी बैंकले देशका सातवटै प्रदेशमा २ सय १ शाखा स्थापना गरी गुणस्तरीय सेवा प्रदान गरिरहेको सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख अधिकारीले बताए।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.