महेन्द्रनगर । कैलालीमा पूर्व ईन्सपेक्टरसहित ९ जना जुवाडे पक्राउ परेका छन् । धनगढीमा ९ जना जुवाडे पक्राउ परेका छन् । बुधबार कैलाली प्रहरीको टोलीले धनगढी उप–महानगरपालिका–१मा रहेको साथीभाई होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक गंगादत्त बडुको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवाखालबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए । पक्राउ पर्नेमा एकजना पूर्व प्रहरी निरीक्षक (इन्सपेक्टर) पनि रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाटै केही समय अघिमात्र रिटायर भएका पूर्व इन्सपेक्टर प्रेमसिंह खड्का पनि जुवाखालबाट समातिएको खुलेको हो । यस्तै पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–५ का ४६ वर्षीय पवन पन्त, सोही ठाउँका ४२ वर्षीेय हेमराज जोशी, धनगढी–३ का ४० वर्षीेय लक्ष्मीराज जोशी, धनगढी–४ का ३६ वर्षीेय जितेन्द्र भट्ट, धनगढी–८ का ४६ वर्षीेय गणेश दाहाल, धनगढी–५ का ५९ वर्षीेय महेन्द्रसिंह खड्का, धनगढी–३ का ३६ वर्षीेय धर्म बोगटी र डोटी शिखर नगरपालिका–३ का ५१ वर्षीेय रमेश कडायतलाई जुवाखालबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट नगद ३३ हजार ८५५ र ३ गड्डी तास पनि बरामद गरिएको डिएसपी चन्दले बताए । पक्राउ परेका सबैलाई थुनामा राखेर थप अनुसन्धान भैरहेको छ ।
Comments are closed.