महेन्द्नगर । कञ्चनपुरबाट साढे ६ लाख बढीको लाइटर र ओखर बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले दोधारा चाँदनी नगरपालिका – १ बाट भन्सार छलि भारत लग्ने लुकाएर राखेको अवस्थामा ६ लाख ७४ हजार मुल्य बराबरको लाइटर र ओखर बरामद गरेको हो ।
जसमा मेड इन चाइना लेखेको १ सय पेटी लाईटर र ६० किलो ओखबरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले कारोबारमा सग्लनलाई पनि पक्राउ गरेको जनाएको छ ।